
काठमाडौं। गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि पुनःसरकारको ध्यानाकर्षण गराएका छन्।
परराष्ट्र मन्त्रालयका कामु सचिव अमृत बहादुर राईलाई शुक्रबार पत्र बुझाउँदै केसीले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि पुनःसरकारको ध्यानाकर्षण गराएको हो ।
गैरआवासीय नेपाली नागरिकता जारी भइसकेको अवस्थामा पनि कार्यान्वयनमा भइरहेको ढिलाईले संविधानले प्रदान गरेको आर्थिक सामाजिक तथा सांस्कतिक अधिकारको उपभोग गर्नबाट वञ्चित भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।
पत्र बुझ्दै कामु सचिव राईले गैरआवासीय नेपाली नागरिकता जारी हुनुअघि नै त्यसको कार्यान्वयनको लागि आवश्यक कानून निर्माण नभएकोले समस्या भएको बताए ।


