
पोर्तुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आइतवार संस्थाको विधान अनुसार तोरेस भेद्रसमा क्षेत्रीय संगठन विस्तार भएको छ ।
केन्द्रीय अध्यक्ष दिपा काफ्ले र केन्द्रीय सचिब जय बाहादुर के. सिको विशेष उपस्थितिमा अध्यक्ष हुम बा थापा (राजु),माहासचिव बाबुराम पौडेल सहित १७ सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन्।
निर्वाचित सम्पुर्ण कार्यसमितिलाई अध्यक्ष काफ्ले र सचिव के.सिले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे भने नवनिर्वाचित क्षेत्रीय अध्यक्ष हुम बा थापाले सम्पुर्ण कार्य समितिलाई एक ढिक्का भएर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।


