तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेवा:पुच:यूएईले ‘य:मरी पुन्ही’ दुबईमा धुमधामले मनाए”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष १ गते, सोमबार २१:०६

-सचिन्द्र श्रेष्ठ

यूएईमा छरिएर रहेका नेवा:समुदायले यो बर्ष पनि सांस्कृतिक,धार्मिक तथा मौलिक पर्ब ‘य:मरी पुन्हि’ यूएईको दुबईमा सामूहिक रूपमा बृहत कार्यक्रम गरी मनाएको छ ।
नेवा: पुच: यूएईको आयोजनामा भएको नेवाः परम्परामा यो विशेष पर्व प्रवासमा छरिएर बसोबास गरेका नेवारहरूलाई एकै थलोमा भेला गराई यसको महत्त्व र विधिका बारेमा जानकारी गराउने उद्देश्य राखेर मनाएको पुच:का अध्यक्ष बिरेन्द्र नकर्मिले बताए।
आईतबार १५ डिसेम्बरका दिन दिनको १२:०० बजे देखि साँझ ४:०० बजे सम्म बुर दुबई स्थित जबेल पार्कमा दर्जनौ नेवा:समुदाय एबं अन्य संघ संस्था प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा य:मरी तथा समयबजी खादै मनोरंजनमा रम्दै मनाएको थियो।
कार्यक्रममा नेवा:पुच:का अध्यक्ष नकर्मिका अनुसार कार्यक्रमका लागि यूएईका बिभिन्न राज्यहरुबाट उपस्थिति जनाएका थिए।
‘नेवारी समुदायले यूएईमा पनि आफ्नो संस्कृति,भाषा, परम्परा जोगाइ नेपालीपन र मौलिकता झल्काइरहन मद्दत पुग्नूका साथै यो:मरी पुन्हिको महत्वका बारेमा प्रष्ठ पार्नु भएको थियो ।’
यस पर्वमा विशेष गरी चामलको पिठोबाट बनाइने स्वादिष्ट ‘य:मरी ‘खाने र मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने भएकाले यस पर्वको नाम ‘य:मरी पुन्ही’ रहन गएको पाइन्छ।नेपाल भाषामा ‘यः’भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्ने गर्छ।पुन्हिको अर्थ पूर्णिमा हो,धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ ।
नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ नयाँ धानको चामलको पीठो, चाकु,मुंगी, खुवा र तिलबाट य:मरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा य:मरी लगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो–सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गर्ने चलन छ।
धार्मिक विश्वास अनुसार आजको दिन देखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रूपमा मान्ने गरिन्छ । परम्परा देखि कृषि पेशा गर्दै आएको नेवार समुदायका ज्यापुहरु र यो:मरीको अन्योन्याश्रित सम्बन्ध रहँदै आएको हुदा जाडोमा मास,तिल र चाकुलगायतका शरीरमा ताप बढाउने सामग्रीबाट रोटी बनाएर खाने पर्वका रूपमा यो पूर्णिमा मनाउने गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु