उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

राष्ट्रिय प्रसारण ग्रिडले सार्वजनिक निजि लगानीमा प्रसारण लाइन निर्माणको शुरुवात

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष २ गते, मंगलवार १९:२२

विद्युत्को समग्र समग्र बिकास सहित देशको आर्थिक बिकासमा गुणात्मक फड्को मर्ने उद्धेश्यले नेपाल सरकारबाट २०३० मा १३००० मेवा र ३०३५ मा २८५०० मेवा बिद्युत उत्पादन गरि त्यसलाई प्रसारण, वितरण, उपभोग र निर्यातको एकीकृत निति लियको छ । प्रसारण प्रणाली त्यसको अभिन्न अंग भएकोले यसको विकासका लागि पूँजीको आवश्यकता अत्यन्त महत्वपूर्ण रहेको र यस अनुरुप आगामी वर्षहरूमा, २०३० सम्ममा रु ६ खर्ब, २०३५ सम्ममा रु ७ खर्ब र २०४० सम्ममा रु ९.१ खर्ब पूँजीको आवश्यकता पर्नेछ। यो पूंजी नेपालको आन्तरिक स्रोतबाट मात्रै सम्भव नभएको र दात्री निकायबाट पनि अपेक्षित सहयोग नआएकोले, नेपाल सरकारको वार्षिक बजेटमा भारी संकुचन आएको छ। साथै सरकारले बिद्युत खरिद सम्झौता गरिसकेका उत्पादकहरू, जसको COD (Commercial Operation Date) निश्चित भैसकेको छ, उनीहरूको लागि आफ्नो कम्पनी मार्फत प्रसारण संरचना बनाइ सेवा दिनु अत्यावश्यक छ। अन्यथा, सो बिद्युत खेर गई देशको अर्थतन्त्रमा ठूलो घाटा हुने सम्भावना छ।
यस पृष्ठभूमिमा नेपाल सरकारले पूँजी ब्यबस्थापनका अन्य विकल्पहरुको समेत खोजीगरी लागु गर्नु पर्ने आवश्यकता टड्कारो देखिन्छ, जसमा निजी क्षेत्रको सहभागिता एक मुख्य विकल्प हो। सुरुवाती चरणमा यसलाई सार्वजनिक निजि साझेदारी मार्फत बिकास गरी आवश्यकता अनुरुप पूर्ण निजि लगानीमा समेत निर्माण र संचालन गर्न सकिने देखिन्छ. जसबाट प्रसारण लाइन निर्माणमा विविधिकरण भै प्रसारण प्रणालीको विकासलाई तीव्रता दिनेछ र आर्थिक वृद्धिमा योगदान पुर्याउनेछ। निजी क्षेत्रको सहभागिताले नयाँ प्रविधि र व्यवस्थापन प्रणाली भित्र्याउन मद्दत गर्नेछ, जसले गर्दा प्रसारण प्रणालीको क्षमता र विश्वसनीयता समेत बढ्नेछ।
सरकारको यहि मान्यता अनुरुप, राष्ट्रिय प्रसारण ग्रिडले आफुले अध्ययन गरी तयारीमा रहेका आयोजना मध्ये तमोर-धुन्गेसान्घु २२० केभी प्रसारण लाइन लाइ सार्वजनिक निजि लगानी मार्फत BOOT मोडेलमा निर्माण गर्न लागेको हो. जस अनुरुप RPGCL सहित निमनानुसारका उत्पादक कम्पनीहरु स्वपूंजी लगानीमा सहभागी हुने छन
क्र. सं. कम्पनीको नाम आयोजना जडित क्षमता (मे.वा.) आयोजनाको हालको अवस्था
१ रेमिट हाइड्रो लिमिटेड घुन्सा खोला जलविद्युत आयोजना ७७.५ पिपिए सम्पन्न भइ उत्पादन अनुमतिपत्र प्राप्त भइसकेको
२ सिम्बुवा रेमिट हाइड्रो लिमिटेड सिम्बुवा खोला जलविद्युत आयोजना ७०.३ उत्पादन अनुमतिपत्र प्राप्त भई पिपिएको प्रक्रियामा रहेको
३ क्रिस्टल पावर डेभलपमेन्ट प्राइभेट लिमिटेड सुपर तमोर जलविद्युत आयोजना १६६ पिपिए सम्पन्न भइ उत्पादन अनुमतिपत्र प्राप्त भइसकेको
४ युनियन हाइड्रोपावर लिमिटेड अपर तमोर ए जलविद्युत आयोजना ६० सर्वेक्षण अनुमतिपत्र रहेको र पिपिएको प्रक्रियामा रहेको
५ नेपाल हाइड्रो भेन्चर प्राइभेट लिमिटेड तमोर खोला जलविद्युत आयोजना ४३ सर्वेक्षण अनुमतिपत्र रहेको र पिपिएको प्रक्रियामा रहेको

३२ किमी लम्बाई र एक २२०/१३२ केभी को सब-स्टेसन कार्य क्षेत्र रहेको उक्त आयोजनाको कुल लागत करिब ३.८ अर्ब रहेको छ. निर्माण पूर्वका सबै जसो कार्य संम्पन्न गरिएको यस आयोजनाको प्रसारण अनुमति प्राप्तिको समेत अन्तिम चरणमा रहेको छ. हाल करिब ७० रोपनी जग्गा अधिग्रहरण गरिसकिएको र सो सहितको अन्य खर्च पछी स्थापना गरिने कम्पनीमा पून्जिक्रित गरिने छ
हाल ७४% सेयर उत्पादक कम्पनी र २६% सेयर RPGCL लाइ प्रस्ताब कायम गरिएको छ. आयोजनाको मुख्य आय स्रोत सम्बन्धित उत्पादक कम्पनीले बुक गरेको व्हीलिंग चार्ज हुनेछ. सोहि आयबाट ऋण चुक्ता र संचालन खर्च कटाएर हुने नाफा/नोक्सान सेयर होल्डरले ब्योरने अवधारण रहेको यस आयोजना आफ्नै स्वतन्त्र कर्पोरेट मान्यताबाट परिचालन हुनेछ.
यसको पक्ष भनेको स्वपूंजी संगसंगै ऋण को ब्यबस्थापन गर्नु हो, जसको लागि आजै RPGCL र HIDCL बीच उक्त आयोजनामा ऋण लगानी गर्ने बारे समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ.
यसरि सो प्रसार लाइनको स्वपूंजी र ऋण दुबैको ब्यबस्थापन मार्फत निर्माण कार्य सुनिश्चित भै RPGCL, GOV, IPPs र HIDCL सबैलाई विन-विन (win -win) को अवस्था सृजना भएको छ.
यो मोडेलको सफल परीक्षण मार्फत देशका अन्य प्रसारण आयोजना समेत लागु गर्न सकिने र देशमा प्रसारण बिकासको गुणात्मक फड्को मर्ने विश्वास लिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु