
मनिषा अर्याल ,साइप्रस-
नेपाल मगर संघ साइप्रसले जनवरी १२ तारिखका दिन साइप्रसको राजधानी निकोसिया स्थित Antonakis music hall मा भव्यरुपमा माघेसंक्रान्ति मनाउने भएको छ !
भेषभुषा, भाषा, धर्म, संस्कृतिको संरक्षण एवं, विश्वभरीका मगरहरुको एकता अहिलेको आवश्यकता’ भन्ने मुल नारा सहित मगरसंघले यहि आउदो १२ जनवरीका दिन सांस्कृतिक कार्यक्रम सहित माघे संक्रान्ति धुमधामको साथ मनाउने कोषाध्यक्ष निरु राना मगरले जानकारी दिनुभएको छ।
सदाको बर्ष झैं यस् बर्ष पनि नेपाल मगर संघ,युरोप शाखा साईप्रस ले मगर-माघे सकराती को विशेष अवसर पारि कमेडीयन पुष्पा मगर को साथमा कौडा,चुट्का,थाली नाच र सालैजो साथै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती संग-संगै साँस्कृतिक डिजे धमाका को साथ माघे पर्व मनाउने भएको छ।
साइप्रसमा विभिन्न नेपालीपन झल्काउने, मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मगर संघ साइप्रसले यहाँ रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्दै नेपाल नेपालीलाई एकतामा बाध्दै नेपाली गित सङ्गीत कला तथा कलाकारहरुलाई सम्मान गर्दै कार्यक्रम आयोजना गरेको महासचिब यज्ञ राना मगर ले बताउनु भएको छ।
सो कार्यक्रम उपस्थित भै कार्यक्रम लाई सब्य र भब्य बनाईदिनु हुन सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आयोजक टिम ले अनुरोध गर्नुभएको छ।


