मनिशा अर्याल
साइप्रस,-गुरुङहरुको महान् पर्व ल्होसार साइप्रसमा पनि साँस्कृतिक कार्यक्रमसहित मनाइने भएको छ । तमु समाज साइप्रसले गत बर्ष झै यस बर्षपनि ल्होसारलाई भव्य रुपमा मनाउने तयारी गरेको हो । ‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए सँस्कृति हराउँछ, सँस्कृति हराए मानव अस्तित्व नै हराउँछ’ भन्ने मूल नारालाई आत्मसात् गर्दै तमुसमाजले ल्होसार पर्व भव्य रुपमा मनाउने निर्णय गरेको हो ।
जन्मभुमि भन्दा टाढा रहेपनि आफ्नो भाषा, कला, संस्कृति र पहिचानलाई जोगाइ राख्न कार्यक्रम गर्न थालिएको जानकारी प्राप्त भएको छ।आफ्नो समुदायको साँस्कृतिक प्रस्तुति कौराहा नाच देखि लिएर अन्य थुप्रै विभिन्न नाचहरु समेत रहेको छ।
कार्यक्रमलाई भव्य रुपमा सफल पार्न सवैले आ–आफ्नो जिम्मेवारी वहन गर्दै कार्यक्रमलाई तीव्र पारिएको जानकारी प्राप्त भएको छ। जहाँ रहेपनि आफ्नो समुदायको भाषा, कला, संस्कृतिको संरक्षण गर्ने कर्तव्य सवैको भएकाले प्रदेशमै भएपनि सोही अनुरुप तमुहरु एकतावद्ध भएर कार्यक्रमको सुरु गरिएको तमु समाज साइप्रसले जानकारी दिएको छ्। तमुले मातृभूमिदेखि टाढा रहेरपनि आफ्नो पहिचान र अस्तित्वको संरक्षण गर्न पाउनु सकारात्मक पक्ष रहेको जानकारी प्राप्त भएको छ। ल्होसार कार्यक्रमलाई सफल पार्नका लागि एकतावद्ध भएर लागिपरेको पनि अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ।
मुप्री ल्हो (गडुल वर्ग) लाई बिदाइ तथा सप्री ल्हो (सर्प वर्ग) लाई स्वागत गरि तमु हरुको महान राष्ट्रिय पर्व तमु सप्री ल्होसार सुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ
। सोही अवसरमा आयोजित कार्यक्रम यहि जनवरी ५ तारिक आइतबार निकोसिया स्थित Antonakis music hall हलमा हुने भएको छ ।कार्यक्रम १०बजेदेखि शुरु हुने समाजले जनाएको छ ।
आउदै गरेको तमुहरुको महान पर्व ल्होसारको अवसरमा तमुधींले आयोजना गरेको ल्होसार कार्यक्रममा सबैले विदा मिलाई उपस्थित भईदिन आयोजकले साइप्रसवासी सबै तमु एवं गैर तमु नेपालीहरुमा तमु धीं साइप्रसले निमन्त्रणा गर्नु भएका छन।