दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एन्जल्स हार्ट र न्युटन उपाधि नजिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष ६ गते, शनिबार ६:५८

काठमाडौं, पुस ५ गते ।
एन्जल्स हार्ट र न्युटन प्रथम हिमरश्मि कप यु–१९ कलेज÷स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
एन्जल्स हार्टले जय मल्टिपल क्याम्पसलाई २५–१५, २४–२६, २५–२२ र २५–२२ को सेटमा पराजित ग¥यो । अर्को सेमिफाइनलमा न्युटनले आयोजक हिमरश्मिलाई २५–१३, २५–१९, २०–२५ र २५–१७ ले हरायो । सेमिफाइनलदेखि ‘बेस्ट अफ फाइभ’ का आधारमा खेल खेलाइको छ ।
बिहीबारै भएको क्वाटरफाइनलमा एन्जल्स हार्टले नेपाल राष्ट्रिय कलेजलाई २–१, हिमरश्मिले ग्लेसियरलाई २–१, जय मल्टिपलले सेन्ट लरेन्सलाई २–० र न्युटनले युनिग्लोबलाई २–० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए ।
प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु