पोखरेललाई विराटनगरमा खोटाङ सामाजिक सेवा सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष ७ गते, आईतवार ११:०२

विराटनगर । नेपाली म्युजिक भिडियोका बादशाह सीताराम पोखरेल विराटनगरमा सम्मानित बनेका छन्। खोटाङ सामाजिक सेवा मञ्च विराटनगरले बादशाह गायक पोखरेललाई विराटनगरमा शनिवार सम्मान गरेको हो।

खोटाङमा जन्मी–हुर्केर देश–देशावरमा पुगेर आफ्नो क्षेत्रवाट खोटाङ जिल्लालाई चिनाउने सर्जक स्रष्टालाई सम्मान गर्ने क्रममा बादशाह गायक पोखरेललाई विशिष्ट सम्मान प्रदान गरेको खोटाङ सामाजिक सेवा मञ्च विराटनगरले जनाएको छ। खोटाङमा जन्मी–हुर्केर विराटनगर बसाई सरेका नेपाली आधुनिक गीत–संगीतका बरिष्ठ गायक तथा म्युजिक भिडियोका बादशाह पोखरेलले गायन तथा अभिनयको माध्यमले देश–देशावरमा खोटाङको चिनारी दिनुको अलावा शान तथा गौरबता बढाएकोले पोखरेललाई उक्त विशिष्ट सम्मान प्रदान गरेको मञ्चले भनेको छ।

बादशाह पोखरेलले यसअघि नेपालका विभिन्न संघ–संस्था तथा सरकारी मान सम्मान पाउनुको अलावा भारतवाट समेत गौरब सम्मान प्राप्त गरिसकेका छन्। त्यस्तै, केही महिना अघिमात्र अमेरिका भ्रमणमा हुदा उनी त्यहाँ पनि सम्मानित बनेका थिए । उनै म्युजिक भिडियोका बादशाह पोखरेल बरिष्ठ गायकको अलावा रेडियो प्रसारण सेवा विकास समितिका बोर्ड अफ डाइरेक्टर तथा नेपाल आयल निगमका पूर्व निर्देशक समेत हुन्।

प्रकाशन मिति–२०८१ मंसिर ७ गते आइतवार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु