
हेरिदेउन सुनिदेउन ए मेरि मायालु
यो दुनियाँमा तिमी छौ मेरो भन्नू
तिमी बाहेक को छ र मेरो भन्नू
टाढा टाढा जहाँ भए पनि सम्झन्छु
यो मुटु झस्किन्छ तिम्रो यादमा
के छ, के छ तिम्रो मायामा
जुन जस्तो तिम्रो मुहार हेरिरहन मन लाग्छ
तिमी तिरै हेरेर टाेलाउन मन छ
यो जीवन तिम्रै हो आएर समालिदेउन
जीवन जिउने यादहरु सम्हालेर राखिदेउन
हेरिदेउन सुनिदेउन ए मेरि मायालु
यो दुनियाँमा तिमी छौ मेरो भन्नू
तिमी बाहेक को छ र मेरो भन्नू
टाढा टाढा जहाँ भए पनि सम्झन्छु
लेखक : गोबिन्द राज ओझा (राजन )


