दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गल्फर सदभाव सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष १० गते, बुधबार ६:५१

नेपाल गल्फ संघले नेपाल नम्बर एक एमेच्योर गल्फ खेलाडी सदभाव आचार्यलाई सम्मान गरेको छ । २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु–२१ तर्फको उपाधि विजेता सदभावलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले सम्मान गरे । उनलाई सम्मान पत्र र नगद ७५ हजारसहित सम्मान गरिएको हो । नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड फाइनलमा उपाधि जितेको यो पहिलो पटक हो । सदभाव ओभरअलतर्फ भने दोस्रो भएका थिए ।
युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन, सुटिङ एण्ड गल्फ क्लबमा भएको प्रतियोगितामा समग्रमा ५–अन्डर २०५ स्कोर गर्दै सदभावले उपाधि जितेका थिए । उनले डेनमार्कका भिक्टोर कोफोड उसलेनलाई २ स्ट्रोकले हराउँदै पहिलो पटक नेपाललाई उपाधि जित्दै इतिहास बनाए । सन २०१२ देखि नेपाल गल्फ संघले फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप आयोजना गर्न सुरू गरेको हो । १२ वर्षमा पहिलो पटक नेपालले ग्रान्ड फाइनलमा उपाधि जितेको हो ।
एमेच्योर गल्फ वरियतामा अंक जोडिने यो प्रतियोगिता जितेपछि सदभावको विश्व वरियतामा पनि सुधार भएको छ । उनी ५२ स्थान माथी उक्लदै ३१४ औं स्थानमा उक्लिएका छन् ।
सदस्य सचिव घिसिङले विजेता सदभावलाई बधाई दिदै प्रतिभाशाली युवा गल्फरबाट धेरै अपेक्षा राखेको र यसका लागि परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
छ पटकका मेजर टाइटल विजेता सर निक फाल्डोले यो प्रतियोगिता आयोजना गरेका हुन् । यो प्रतिष्ठित जुनियर प्रतियोगिता आयोजनाका लागि आर एण्ड ए, डिपी वल्ड टुर र लेडिज युरोपियन टुरले सहयोग गरेको छ । युएईमा युरोप, मिडल इस्ट र एसियाबाट ७० जुनियर गल्फरले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु