तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

Sweat Classic 2024 “Strongest in Chitwan” प्रतियोगिता हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष ११ गते, बिहीबार ७:४७

भरतपुर/Sweat Strength Training System को आयोजनमा चितवनमा पहिलोपटक Sweat Classic 2024 “Strongest in Chitwan” प्रतियोगिता हुने भएको छ ।
पौष १३ गते शनिबार भरतपुरमा हुने प्रतियोगितामा पुरुषतर्फ ६२ के.जि., ६९ के.जि., ७७ के.जि., ८५ के.जि. मुनी वेट क्याटगोरी, ८५ के.जि.भन्दा माथिको वेट क्याटगोरी र महिलातर्फ ६० के.जि.मुनीका वेट क्याटगोरी र ६० के.जि. भन्दा माथि वेट क्याटगोरी गरी ७ वटा वेट क्याटगोरीमा प्रतिस्पर्धा हुने संस्थाका अध्यक्ष आकृत बरुवालले जानकारी दिनुभयो ।
प्रतियोगितामा चितवनबाट अन्तराष्ट्रिय बडी बिल्डिङ्ग एशोसिएशन (आईएफबिबि)का निर्णायक बोध बहादुर खड्का, प्रशिक्षक तथा खेलाडी दिनेश कँडेल, काठमाण्डौंबाट प्रशिक्षकहरु सुरज डंगोल, सुरज सिंह राना निर्णायकको रुपमा रहने कार्यक्रमका सचिव रोहित गुरुङ्गले जानकारी दिनुभयो ।
प्रतियोगितामा चितवन जिल्लाभित्र सञ्चालनमा रहेका जिम हाउसहरुबाट २४ जना पुरुष र १४ जना महिला गरी ३८ जनाले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा प्रत्येक क्याटगोरीमा प्रथम हुनेलाई ५ हजार, दोश्रो हुनेलाई ३ हजार र तेश्रो हुनेलाई २ हजार नगद सहित मेडल, गिफ्ट ह्याम्बर प्रदान गरिने कोषाध्यक्ष मारिया गुरुङ्गले जानकारी दिनुभयो । त्यस्तै पुरुष र महिलातर्फका ओभरअल बिजेतालाई रु १०–१० हजार नगद प्रदान गरिने गुरुङ्गले बताउनुभयो ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र प्रतियोगितामा प्रमुख अतिथिको रुपमा एनवाईएफसिका अध्यक्ष सुकदेव कार्की आउने संस्थाका उप–सचिव सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु