दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पूर्वमिस नेपाल निकिता चाण्डकको ‘नीलो आकाश’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष १२ गते, शुक्रबार ७:१५

काठमाडौं । नेपाली सर्टमूबी ‘नीलो आकाश’को पोस्टर सार्वजनिक भएको छ । पूर्वमिस नेपाल निकिता चाण्डकको प्रमुख भूमिका रहेको नेपाली सर्टमूबी ‘नीलो आकाश’को पोस्टर सार्वजनिक भएको हो।

पोस्टरमा चाण्डकले मधेशकी ग्रामीण महिलाको चरित्र चित्रण गरेकी छन् । पोस्टरले उक्त चरित्रको भावनात्मक संवेदना प्रतिविम्बित गर्ने प्रयास गरेको देखिएको छ । ‘नीलो आकाश’ लाई ‘गाजलु’,’रोमियो एण्ड मुना’,’चौका दाउ’लगायतका कथानक फिल्ममा सहायक निर्देशन गरेका निर्मल पौडेलले निर्देशन गरेका छन् ।

फिल्म ‘नीलो आकाश’ले मधेशकी युवतीको व्यक्तिगत स्वतन्त्रताको कथा भन्छ । पोस्टरमा निकिता चाण्डकलाई मधेशकी विवाहित युवतीको रूपमा देखाइएको छ । यो फिल्मलाई महोत्सवमा प्रदर्शन गर्ने मेकरको तयारी छ । फिल्मलाई काफिया मिडिया र निर्मल फिल्मसको ब्यानरमा बनाइएको हो ।

निर्मातामा आस्था शर्मा र निर्मल पौडेल छन् । सहायक निर्मातामा तेजु पाण्डे, गणेश कञ्चन भारती छन् । छायांकन भारतका दिपङ्कर सिक्दरले गरेका हुन् । सम्पादन अनिमेष सापकोटाले गरेका छन् ।
प्रकाशन मिति–२०८१ पुष ११ गते विहीवार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु