
लन्डन । बेलायत निवासी गायिका शर्मिला बर्देवाको नयाँ गीत ‘सजाय काफी हुँदैन’सार्वजनिक भएको छ । क्रिसमसका दिन बुधबार नयाँ गीत ‘सजाय काफी हुँदैन’ सार्वजनिक भएको हो ।
उक्त गीतको रचना देवेन्द्र आचार्यको छ। कम्पोज–एरेन्ज राजेन्द्र बजगाईंले गरेका छन्। मिक्सिङ–मास्टरिङ इन्जिनियर मनोज परियारको छ । उक्त गीतको म्यूजिक भिडियो क्याच स्टुडियोले ल्याएको हो ।
नेपाली पार्श्व तथा आधुनिक गायनमा विशिष्ट स्थान बनाएकी बर्देवाले नेपाली चर्चित फिल्महरुमा पार्श्व गायन गरिसकेकी छन् । बर्देवाका ‘फूलको जवाफ’, ‘मेरो हजुरलाई’, ‘तस्वीरमै यस्तो’, ‘आँखैमा झलझली’, ‘हिउँचुलीमा हिउँ’, ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ’ लगायत दर्जनौँ गीत चर्चित छन् ।
उनको यसअघि ‘मन सिउने धागो’ बोलको गीत बजारमा आएको थियो । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा नर्सका रुपमा गायिका बर्देवा कार्यरत रहेकी छन्।


