उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

स्युचाटार क्रिकेट लिग सुरु : किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष १३ गते, शनिबार ०७:००

तारकेशवर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिता सुरु भएको छ। लिग अन्तर्गत पहिलो दिन सम्पन्न ६ वटा खेलहरुमा किंग्स क्रिकेट एकेडेमी, हसनटार युथ क्लब, स्टुडियो सेभेन र चक्रवर्ती ल कलेज र नवज्योति युवा परिवार विजयी भएका छन्।

काठमाडौँको स्युचाटार स्थित तारकेश्वर युवा क्लबको इन्डोर खेल मैदान सुरु भएको प्रतियोगिताको उद्घाटन नेपाल सरकारका पूर्व अर्थ मन्त्रि प्रकाश शरण महत र तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले ब्याटिंग र बलिंग गर्दै उद्घाटन गर्नु भएको थियो।

आज सम्पन्न पहिलो खेलमा समुह ‘ए’ अन्तर्गत हसनटार युथ क्लबले चक्रवर्ती कलेजलाई १ विकेटले पराजित गर्यो। ७२ रनको लक्ष्य पाएको हसनटारले ८. १ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटायो। जितमा प्लेयर अफ द म्याच घोषित हसनटारका श्रीकृष्ण उपाध्यायले अविजित २६ रन बनाउनुको साथै १ विकेट लिए।

आजको दोश्रो खेलमा समुह ‘बि’ अन्तर्गत स्टुडियो सेभेनले टिम रेन्सुलाई १६ रनले पराजित गर्यो। ४७ रनको लक्ष्य पछ्याएको टिम रेन्सुले ७. २ ओभरमा ३० रनमा सबै विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित स्टुडियो सेभेनका बिनम क्षेत्रीले ४ विकेट लिए।

आजको तेश्रो खेलमा समुह ‘ए’ अन्तर्गत नवज्योति युवा परिवारले तारकेश्वर युथ क्लबलाई ५३ रनले पराजित गर्यो। ९२ रनको लक्ष्य पछ्याएको तारकेश्वरले ३८ रनमा सबै विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित नवज्योतिका सिचम खनालले अविज्ती ४५ रन बनाए।

आजको चौंथो खेलमा समुह ‘बि’ अन्तर्गत किंग्स क्रिकेट एकेडेमीले नेक्सस क्रिकेट एकेडेमीलाई २ विकेटले पराजित गर्यो। ५१ रनको लक्ष्य पछ्याएको किंग्सले ९.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। प्लेयर अफ द म्याच घोषित किंग्सका आश्रय अधिकारीले १ विकेट लिनुको साथै अविजित २२ रन बनाए।

आजको पाँचौ खेलमा समुह ‘ए’ अन्तर्गत चक्रवर्ती ल कलेजले तारकेश्वर युथ क्लबलाई ७ विकेटले पराजित गर्यो। तारकेश्वरले दिएको ३० रनको लक्ष्य चक्रवर्तीले ३ ओभरमा विकेट नगुमाई भेटायो। प्लेयर अफ द म्याच घोषित चक्रवर्तीका इमामुल हकले १४ र बनाउनुको साथै १ विकेट पनि लिए।

आजको छैठौं तथा अन्तिम खेलमा समुह ‘बि’ अन्तर्गत दोश्रो जित दर्ता गर्ने क्रममा किंग्स क्रिकेट एकेडेमीले स्टुडियो सेभेनलाई ३ विकेटले पराजित गर्यो। स्टुडियो सेभेनले दिएको ४६ रनको लक्ष्य किंग्सले ८. ३ ओभरमा भेटायो। प्लेयर अफ द म्याच घोषित किंग्सका प्रसिद्ध श्रेष्ठले ३ विकेट लिए।

प्रतियोगिता अन्तर्गत दोश्रो दिन शनिवार ८ वटा खेल हुनेछन्। विहान ८ बजे हसनटार युथ र नवज्योति युथ क्लब, विहान ९ बजे थानकोट वारियर्स र ग्रेट हिमालयन क्रिकेट एकेडेमी, विहान १० बजे सानो स्वर्ग र पन्चायन युथ क्लब, विहान ११ बजे टिम बिडीएस र कालिका वारियर्स, मध्यान्ह १२ बजे ग्रेट हिमालयन र सानो स्वर्ग, दिउँसो १ बजे नवज्योति युथ क्लब र सीईसी, दिउँसो २ बजे टिम रन्सु र किंग क्रिकेट एकेडेमी तथा दिउँसो ३ बजे नेक्सस क्रिकेट एकेडेमी र स्मार्ट एक्युर बीच प्रतिस्पर्धा हुनेछ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

सहभागी टिमहरू र समुह बिभाजन

समुह ए:
1️⃣ क्रिकेट एक्सिलेन्स सेन्टर
2️⃣ चक्रवर्ती ल कलेज
3️⃣ टिवाईसी
4️⃣ नवज्योति युथ क्लब
5️⃣ युथ हसनटार
समुह बी:
1️⃣ टिम रेन्सु
2️⃣ नेक्सस क्रिकेट एकेडेमी
3️⃣ स्टुडियो सेभेन
4️⃣ किंग क्रिकेट एकेडेमी
5️⃣ स्मार्ट एकेयर मिडिया
समुह सी:
1️⃣ बिडीएस
2️⃣ बिएमडीएस
3️⃣ स्यांग्जा एभेन्जर्स
4️⃣ कालिका वारियर्स
5️⃣ हिमालय क्रिकेट एकेडेमी
समुह डी:
1️⃣ थानकोट वारियर
2️⃣ मिक्समान्डु
3️⃣ सानो स्वर्ग
4️⃣ ग्रेट हिमालय क्रिकेट एकेडेमी
5️⃣ पन्चायन युथ क्लब

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु