उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

दिपल इभी अब ४.९९% निश्चित ब्याजदरमै खरिद गर्न सकिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष १७ गते, बुधबार १८:२२

काठमाडौं, १ जनवरी । नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बजारमै सबैभन्दा कम ४.९९ % निश्चित ब्याजदर मै दिपलका इभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । ‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत अब इभीप्रेमीले हाल नेपालकै सबैभन्दा बढी रुचाइएको फ्युचरिस्टिक इभी दिपललाई निकै कम ब्याजदरमा सहज रुपमा आफ्नो बनाउन सक्नुहुनेछ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी) सँग सहकार्यमा बनाइएको यो विशेष योजनाले प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहनालाई सहज बनाउने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ । यो योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदरमात्र होइन निशुल्क एसेसोरिज, निशुल्क रोड ट्याक्स, निशुल्क अटो प्लस इन्स्योरेन्सका साथै टप रिकन्डिसन हाउसहरुमार्फत आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पनि पाउनुहुनेछ । सन् २०२४ मा नेपालमा दिपल इभीले चुमेको सफलतालाई मनाउन ‘न्यु इयर, न्यु दिपल’ योजना अघि सारिएको हो ताकि प्रिमियम इभीको मालिक बन्ने सपना सहजै पुरा होस् ।
दिपल एस०७ र दिपल एल०७ मा १५ भन्दा बढी फस्र्ट टाइम इन नेपाल फिचरहरु छन् जसले दिपल इभीलाई बजारकै सबैभन्दा बढी रुचाइएको इभी बनाइदिएको छ । यसमा सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल जस्ता हालसम्म कुनै पनि कारमा नभएका फिचरहरु छन् । दिपलको क्रान्तिकारी डिजाइन र अत्याधुनिक प्रविधिका कारण चर्चित दिपल इभीले छोटो समयमै नेपालमा सात सय युनिटभन्दा बढी विक्री भइसकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु