काठमाडौ । भक्तपुरको सूर्यविनायक नगरपालिका -२ बालकोटस्थित
“ओडिएको पुष्टी, स्वाद र सन्तुष्टी” भन्ने नाराका साथ युवा उद्यमीहरुले ओखलढुंगे डेरी एण्ड एग्री फुड प्रालि संचालनमा ल्याइएका छन ।
उद्योगको बुधबार एक भब्य समारोहबीच भक्तपुर क्षेत्र नम्बर २ का संघीय सांसद दुर्लभ थापाले उद्घाटन गर्नुभएका हो । नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमलाल लगाएतको टीमले संचालन ल्याएको उक्त उद्योगले खास गरी दुध जन्य पदार्थ उत्पादन र बजारीकरण गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि सांसद थापाले उद्योग प्रवद्र्धनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले फरक ढंगबाट स्थापना भएको डेरी उद्योगले फरक पहिचान सहित बजारमा आफ्नो स्थान जमाउने छ र यसमा एसोसिएसनको पुरै साथ रहने कुरा बताए ।
राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक डा. राजेन्द्र यादबले लामो अनुभव बटुलेका संचालक धमालाले यो उद्योग धेरै सुझबुझका साथ स्थापना गरेको र बोर्डको तर्फबाट गर्नु पर्ने साथ र रहने बताए। सूर्यविनायक नगरपालिका वडा २ का वडाध्यक्ष प्रतित कार्कीले आफ्नो वडामा यसरी उद्योग स्थापना भएकोमा खुशी लागेको र उद्योगलाई आवश्यक सहयोग गर्ने कुरा बताए ।
पशु सेवा विभागका उपमहानिर्देशक लेखराज दाहालले अब उद्योगले अरु उद्योगको जस्तै उत्पादन नगरि अब फरक फरक उत्पादनमा जान जरुरी भएको समयमा यो उद्योगले लिएको बाटो ठिक भएको बताए । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेतले अब समयको माग सँगै यसरी आधुनिक उद्योग स्थापना हुन थालेको बताए ।
दुध जन्य पदार्थको विविधिकरण हुन नसकेका कारण पछिल्लो समय डेरी उद्योगहरुले उत्पादन गरेको धुलो दुध तथा बटर लगायतका वस्तु बिक्री हुन सकेको छैन । जसका कारण दुग्ध किसानको भुक्तानीमा समस्या देखिएको छ । सोही अवस्था अध्यनजर गर्दै ओखलढुंगे डेरी एण्ड एग्री फुडले दुध, दही, पनिर, वटर घिउका साथै खुवा, रसभरी, लालमोहन, आइशक्रिम, कुल्फी, खुवा, भुजिया, पनिर मःम, गुदपाक, पुष्टकारीलगायका उत्पादन सुरु गरेको छ । सञ्चालनमा आएको उद्योगबाट दैनिक पाँच लाख लिटर दुध खपत हुने र १० देखि १५ जनासम्म प्रत्यक्षरुपमा रोजगारीे सिर्जना हुने, उद्योगबाट दैनिक तीन लाख ५० हजार नगद कारोबार ग्रामीण क्षेत्रमा प्रवाह हुने अध्यक्ष धमलाले जानकारी गराए । उनका अनुसार उद्योगले स्वदेशका युवालाई प्रेरणा दिन, स्वदेशी उत्पादन उपभोग गर्न, स्वदेशी अर्थतन्त्र बलियो बनाउने कार्यमा उद्योगले सहयोग पुर्याउने विश्वास लिइएको बताए ।