पुष २०,सामुदायिक स्वास्थ्य सेवा परिषद डल्लु आवासको आयोजनामा र युनाइटेड नेचर इन्टरनेसनल पिस नेपाल च्यापटर ,नेपाल मानव अधिकार संगठन् कामपा १५ , स्वीट सीक्स फ्यामीली ,रोटरी क्लब अफ न्युरोड सीटी ,सानो संसार फाउन्डेसन लगायत संस्थाहरूको सहभागितामा परिषदको प्राङ्गणमा निःशुल्क वृहत हाड जोर्नी तथा नशा रोग सम्बन्धी स्वास्थ्य शिविर संचालन गरियो। कार्यक्रममा करिब ३०० जना बिरामीले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए।
परिषदका अध्यक्ष श्री हरि गोपाल श्रेष्ठ ज्यूको सभापतित्वमा भएको कार्यक्रमको आतिथ्यता संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका उपाध्यक्ष एबं युनाइटेड नेचर इन्टरनेसनल पिस नेपाल च्याप्टर का अध्यक्ष डा. राजु लामा कोन्दन र परिषदका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा बुलन्द थापा ले गर्नु भएको थियो । सो अवसरमा प्रा.डा बुलन्द थापाले नेपालमै पहिलोपटक यस परिषदले मोलिकुलर थेरापीको सेवा सुरुवात गरेको र यो सेवाबाट जोर्नीहरू खिइएको, नसाहरू सुकेको, कम्मर वा ढाड दुखेको, शरीर कमजोर भएर सिथिल भएको, जोर्नीहरू सुन्निएका बिरामीहरूलाई सहजताका साथ उपचार गर्न सकिने जानकारी गराउनु भयो ।
कार्यक्रममा अतिथि संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका उपाध्यक्ष डा. राजु लामा (कोन्दन) ज्यूले अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर मेसीन प्रदान गर्नु भएको थियो भने यस परीसद को सेवालाइ स्त्तरोन्नती गरि सेवाको दायरा बढाउन आगामी दिनमा पनी आफुले परीसद सग मिलेर कार्य गर्ने जानकारी दिनु भयो ।कार्यक्रमका सभापति एवं यस परिषदका अध्यक्ष हरि गोपाल श्रेष्ठज्यूले यस परिषदले अघिल्लो महिनाबाट शुरु गरेको स्वास्थ्य शिबीर लाई निरन्तरता दिदै महिनामा एक पटक यस परिषदको प्राङ्गणमा स्वास्थ्य शिविर आयोजना गर्ने कार्यक्रमलाई हरेक महिना निरन्तरता दिने जानकारी गराउनु भयो ।कार्यक्रममा कामपा १५ वडाका वडा अध्यक्ष इश्वर मान डंगोल ज्यू ,कर्मा ग्रुप अफ कमपनीज का सी इ ओ डा. सुचित श्रेष्ठ लगायत को सहभागीता रहेको थियो । कार्यक्रमको संचालन परिषदका सचिव प्रकाश कुमार श्रेस्ठले जानकारी दिनुभयो ।