
–इच्छारानी थापा
काठमाडौं । विवाहिता महिला–पुरुषले गर्भाधानको योजना बनाएको छैन र सुरक्षित यौन व्यवहार गर्न आवश्यक छ। यसको लागि यौन सम्पर्क गर्दा सुरक्षित विधि अपनाउनुपर्ने हुन्छ । महिनावारी चक्र नियमित भएको अवस्थामा महिनावारीको १० देखि २२ दिनसम्म यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना उच्च स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर कुमकुम झाको भनाई छ त्यसअघि र त्यसपछि सुरक्षित अवधि मानिएको छ ।
यस अवधिमा कुनै नियोजनाको साधन विना यौन सम्पर्क गर्दापनि गर्भ रहदैन । यद्यपि, महिनावारी नियमित नभएको अवस्थामा भने भन्न नसकिने डाक्टर झाको निक्र्यौल छ। दम्पत्ति नियमित महिनावारीमा ढुक्क नभएको अवस्थामा नियोजनका साधन प्रयोग गर्नुपर्ने पनि डाक्टर झाको राय रहेको छ। त्यसको अलावा अरुबेला भन्दा दम्पत्तिमा महिनावारी भएको बेलामा यौन सम्पर्क गर्ने तिब्र चाहना हुने गरेको पाइन्छ । नेपालीहरुको धार्मिक संस्कार र परम्पराले पनि महिनावारी भएको बेला दम्पत्ति सकभर एउटै बेडमा नसुत्ने लगायत विभिन्न संस्कार गर्ने गरिन्छ।
आधुनिक दम्पत्तिहरुले यसलाई बेवास्ता गर्न थालिसकेको छ। उनीहरुले धार्मिक तथा परम्परागत संस्कारलाई बेमतलव गरेर मज्जाले यौन सम्पर्क गर्ने गरेको पाइन्छ। धेरैले महिनावारीको बेला रगत निस्किरहने भएको कारण नियोजनको साधन कण्डम लगाएर यौन संवन्ध राख्ने गरेको पाइन्छ भने, कतिले महिनावारी भएको चार दिन सुरक्षित समय हो भनेर विना कण्डम पनि यौन संवन्ध राख्ने गरेको अध्ययनमा देखिएको छ। विना कण्डम त्यसरी यौन संवन्ध राख्दा महिनावारीको समयमा अन्य बेलाभन्दा यौन प्रसारित रोग लाग्ने सम्भावना अत्यधिक हुन्छ। भाइरसहरू रगतमा बस्छन् र रगतको सम्पर्कबाट यौन रोग फैलिन सक्छ । यौन सम्पर्क गर्दा कण्डमको प्रयोगले यौन प्रसारित रोग फैलिने जोखिम कम गर्न सकिन्छ ।
महिनावारीको समयमा महिलाको शरीरमा धेरै परिवर्तन हुन्छन् । त्यसक्रममा सम्बन्ध स्थापित भएमा ल्युब्रिकेसनको आवश्यक नपर्ने विभिन्न अध्ययनले देखाएको छ । साथै यो अवधिमा सम्बन्ध स्थापित गर्नाले केही महिलालाई हुने महिनावारीको प्रभाव माइग्रेन र टाउको दुख्ने समस्या कम हुन्छन् । सबैभन्दा बढी महिलालाई कुनै रोग वा संक्रमण छ र यौन सम्पर्क गर्दा पीडा हुन्छ भने सकेसम्म सम्बन्ध नराखेको नै राम्रो हुन्छ । पेट दुखिरहेको वा शारीरिक रुपमा कमजोर भएको अवस्थामा सम्बन्ध नबनाउँदा थप समस्या निम्तिन सक्छ ।
यदि यौन सम्पर्कको लागि महिला तयार छिन् र पुरुष पनि सावधानी अपनाउन तयार छन् भने यौन सम्पर्क राख्न सकिन्छ । सम्बन्ध बनाउनुअघि आफ्नो पार्टनरको पनि इच्छा छ भने मात्र सम्बन्ध बनाउनु पर्छ । रक्तस्राव भइरहेको छ भने सफा गरेर मात्र सम्बन्ध राख्नुपर्छ । यौन सम्पर्क गर्नुअघि र पछि आफ्नो गुप्ताङ्ग राम्ररी धुनुपर्छ।
(नामी साप्ताहिकवाट साभार)


