उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

बुनपा वडा नं १को आयोजनामा होमस्टे सम्बन्धि तालिम तथा अवलोकन भ्रमण सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष २१ गते, आईतवार १५:३६

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर एकको आयोजनामा भएको तिन दिने “ होमस्टे सन्चालन,प्रवद्र्धन तथा व्यवस्थापन सम्बन्धि तालिम,अवलोकन भ्रमण ” सम्पन्न भएको छ ।
पर्यटन व्यवसाय मार्फत वडाको आय बढाउने उदेश्यका साथ आयोजना गरिएको यस कार्यक्रममा वडा भित्र स्वरोजगार बन्न चाहाने ३५ जनाको सहभागिता रहेको थियो ।
वडा सदस्य चण्डिका रैलाको संयोजकत्वमा भएको यस तालिम तथा अवलोकन भ्रमणमा वडा सदस्य बुद्धिमान लामा र शर्मिला नेपालीको समेत सहभागिता रहेको थियो ।
काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नं.३ मा रहेको माउन्ट महाभारत होमस्टेमा भएको तालिममा मुख्य प्रशिक्षकको भुमिका लामो समयदेखि होमस्टे व्यवसाय सन्चालन गर्दै आउनु भएका तथा होमस्टेको बिषयमा नीति निर्माण तहमा समेत रहेर कार्य गरिरहनु भएका राजकुमार लामिछानेले निर्वाहा गर्नु भएको थियो ।
मनोरन्जन सहितको प्रशिक्षणमा सहभागिता जनाउनुभएका सहभागिहरुले सानो पुँजीमा समेत आत्मनिर्भर बन्न सक्ने यो व्यवसायको बारेमा यसभन्दा अगाडी पनि धेरै कुरा सुनेको भए पनि यो अवलोकन सहितको तालिमले स्वरोजगार र आत्मनिर्भर बन्ने कुरामा ठुलो प्रेरणा मिलेको बताउनु भयो ।
काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नं.३ मा रहेको माउन्ट महाभारत होमस्टे,बेथानचोक सनराईज होमस्टे र बेथानचोक सामुदायीक होमस्टेले संयुक्त रुपमा पाहुनाहरुको स्वागत तथा खाने बस्ने व्यवस्था मिलाउनु भएको थियो ।
पाहुना सत्कार तथा व्यवस्थापनमा माउन्ट महाभारत होमस्टका सन्चालक तथा युवा व्यवसायी कमल नेपाल, बेथानचोक सामुदायीक होमस्टे सन्चालक समिति अध्यक्ष जित बहादुर तामाङ, होमस्टे सन्चालक विर बहादुर तामाङ तथा बेथानचोक गाउँपालिका कार्यपालिका सदस्य चरिमाया तामाङ लगायतको समुहले महत्वपुर्ण भुमिका निर्वाहा गर्नु भएको थियो ।
प्रशिक्षक राजकुमार लामिछानेले यो तालिम वडाबासीले तिरेको करको पैसाबाट सन्चालन गरिएकोले तालिममा सिकेका बिषयहरुलाई व्यवहारिक रुपमा कार्यन्वयनमा लैजानु अपरिहार्य भएको बताउँदै प्रशिक्षार्थि हरुलाई आत्मबल बलियो भए व्यवसायमा सफलता पाउन सकिने बताउनु भयो ।
होम स्टे भनेको कुनै महंगो लगानी गरेर खोलिने होटल नभएर वास्तबिक मौलिकता सहितको स्थानीय उत्पादन लाई पाहुनाको चाहाना बमोजिम परिकार बनाएर दिने हो भन्दै प्रशिक्षक लामिछानेले यो तालिमलाई आजैबाट जिवन व्यबहारमा लागु गर्न सके समृद्ध नेपाल निर्माणमा एक कोषेढुंगा सावित हुन सक्ने बताउनु भयो ।
कार्यक्रम समापनको अवसरमा तालिममा सहभागि सबैलाई बुढानीलकण्ठ नगरपालिका वडा नम्बर एक को तर्फबाट प्रमाणपत्र समेत उपलब्ध गराईएको थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा आउनु भएका बेथानचोक गाउँपालिका वडा नम्बर तिनका वडा अध्यक्षले बेथानचोक गाउँपालिकामा स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताउँदै यो तालिम लिएका प्रशिक्षार्थि हरुले खोलेको होमस्टेमा एकरात बस्न पाउने अवसर मिल्यो भने मात्रै यो तालिम सफल भएको मान्न सकिने बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु