उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

बङ्गलादेश एमेच्योर गल्फ च्याम्पियनसिपः नेपालका सदभाव शीर्षस्थानमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष २५ गते, बिहीबार ०७:०९

बङ्गलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको ३८औं संस्करणमा नेपालका सदभाव आचार्य शीर्षस्थानमा रहन सफल भएका छन् । पहिलो दिन ३–अन्डर ६९ को नतिजामा बङ्गलादेशका मोहम्मद शाहबुद्दिनलाई तीन स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहन सफल रहे।
ढाकास्थित कुर्मितोला गल्फ क्लबमा सदभावले पहिलप १८ होलको खेल बोगी फ्री खेले। उनले पहिलो देखि दसौं होलसम्म पार बचाए । यसपछि ११औं, १३औं र १७औं होलमा एक–एक सट बचाउँदै ३–अन्डरको उत्कृष्ट स्कोरकार्ड तयार पारे ।
बङ्गलादेशका शाहबुद्दिन इभन–पार ७२ सहित दोस्रो स्थानमा रहेका छन् । २–ओभर ७४ को स्कोरमा चार खेलाडी नेपालका राहुल विके, श्रीलंकाका चकिथा पुष्पिका र बंगलादेशका सफिकुल इस्लाम र मोहम्मद समिम संयुक्तरुपमा तेस्रो स्थान रहेका छन् ।
राहुलले फ्रन्ट नाइन इभन–पार ३६ मा पुरा गर्ने क्रममा दोस्रो, छैटौं र नवौं होलमा एक–एक सट खेर फाले । तेस्रो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गरे । राहुलले १०औं र १७औं होलमा एक–एक सट खेर फाल्दै ब्याक नाइन २–ओभर ३८ मा सकाए ।
टिम इभेन्टमा नेपालका सदभाव आचार्य र राहुल विकेको जोडी १–अन्डर १४३ को स्कोरमा शीर्षस्थानमा रहे । नेपालले बङ्गलादेशको ’ए’ टिमलाई पाँच स्ट्रोकले पछि पारेको छ । बङ्गलादेशको ’ए’ टिमका अबु बकर सिद्दिकी र मोहम्मद शाहबुद्दिनको टिमले ४–ओभर १४८ स्कोर बनाएको छ । बङ्गलादेशको ‘बी’ टिमका सफिकुल इस्लाम र रोमन मिया ६–ओभर १५० को स्कोरसहित तेस्रो स्थानमा रहे ।
चार दिने प्रतियोगितामा एक सय खेलाडीको सहभागीता रहेको छ । टिमतर्फ आठ टिमले प्रतिस्पर्धा गरेका छन् । टिमतर्फको विजेताको निर्णय ३६ होलको समाप्तिमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु