दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘दुखी आत्मा’ को टिजर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष २५ गते, बिहीबार ७:२९

काठमाडौं ।फागुन २ गते रिलिज हुने फिल्म ‘दुखी आत्मा’ को ३ मिनेट भन्दा लामो टिजर सार्वजनिक भएको छ। दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ, र सुदिप ढकाल कार्यकारी निर्माता छन्।

टिजरमा दयाहाङ राई र आँचल शर्मा प्रमुख भूमिकामा देखिएका छन्। फिल्मलाई एडल्ट विषयवस्तुमा तयार गरिएको छ, जसले गर्दा द्धिअर्थी संवादहरू समावेश छन्।

फिल्ममा अनुप विक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय छ।

टिजरले दर्शकलाई हँसाउने र मनोरञ्जन दिने प्रयास गरेको छ। दयाहाङले रोमान्टिक र पीडित पात्रको भूमिका निभाएका छन्। प्रेम दिवसको अवसर पारेर रिलिजमा आउन लागेको यो फिल्मले दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ। फिल्म क्लक वर्क क्रियशनको व्यानरमा निर्माण भएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु