उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

दक्षिण एसियाली स्ट्रिट डिफेन्समा नेपालको वर्चस्व

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष २९ गते, सोमबार ०६:०७

काठमाडौं, पुस २८ गते । नेपालले प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिताको स्वर्णमा आइतबार ‘क्लिन स्विप’ गरेको छ । प्रतियोगितामा समावेश सातै स्पर्धामा नेपाल स्वर्ण जित्न सफल रह्यो । ७ स्वर्णका अलावा नेपालले ५ रजत र ४ कांस्य पनि हात पा¥यो ।
नेपाल जितकुण्डो मार्सल आर्ट्स संघद्वारा आयोजित प्रतियोगितामा भारत र श्रीलंकाले समान १–१ रजत र कांस्य जिते ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष ५५ केजी तौलसमूहमा विजय थापाले स्वर्ण जिते । उनले फाइनल नेपालकै नितेश कठायतलाई पराजित गरे । पुरुष ६० केजीमुनि नरेन्द्र दनुवार पहिलो भए । उनले फाइनलमा नेपालका अल्ताप दनुवारलाई हराए । नेपालका अमित थापा तेश्रो भए । पुरुष ६५ केजीमा सन्जिव माझीले फाइनलमा नेपालका भीष्म तामाङलाई पाखा लगाउदै स्वर्ण चुमे । नेपालका सुसाङ चौधरी तेश्रो बने ।
पुरुष ७० केजीमुनि सुमन तामाङले स्वर्ण चुमे । उनले फाइनलमा श्रीलंकाका रकिन्डु प्रेमन चन्द्रालाई पन्छाए । भारतका मोनिश तेश्रो भए । पुरुष ७० केजीमाथि पिताम्बर मगरले बाजी मारे । उनले फाइनलमा भारत प्रियाडमाथि जित दर्ता गरे । श्रीलंकाका कसुन हर्षल तेश्रो स्थानमा रहे ।
महिला ५५ केजीमुनि निलम कोइरालाले फाइनलमा नेपालकी सारिका नेपालीको चुनौती पन्छ्याउदै स्वर्ण जितिन् । नेपालकी जमुना दनुवार तेश्रो बनिन् । महिला ७० केजीमाथि उर्मिला दनुवारले स्वर्ण चुमिन् । उर्मिलाले फाइनलमा नेपालकी जमुना विकलाई पराजित गरिन् । नेपालकी ममता शर्मा तेश्रो भइन् ।
शीर्ष तीन स्थानमा रहनेले क्रमशः २३ हजार ५ सय, ५ हजार ५ सय र ३ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका वडा ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, नेपाल जितकुण्डो मार्सल आर्ट्स संघका अध्यक्ष रामबहादुर ठकुरी र महासचिव शिवबहादुर थापा, टेड वाङ जितकुण्डोका अन्तर्राष्ट्रिय प्रशिक्षक स्पेनका ज्याक्विन मार्सेलोलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगिताअघि संघकै आयोजनामा दुईदिने नवौं टेड वाङ सेमिनार पनि भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु