उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

पदक विजेता गल्फर सदभाव र राहुल स्वदेश फर्किए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष २९ गते, सोमबार ०६:११

बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको ३८औं संस्करणमा दोहोरो स्वर्ण विजेता सदभाव आचार्य सहित नेपाली गल्फ टिम आज स्वदेश फर्किएको छ। सदभावले प्रतियोगिताको उपाधि जित्दै
इतिहास बनाएका थिए।
चार दिने प्रतियोगितामा सदभावले समग्रमा ३–ओभर २९१ को स्कोर निकालेका थिए। यि स्कोरमा उनले ६ स्ट्रोकको फराकिलो अन्तरमा व्यक्तिगत स्पर्धाको उपाधि जितेका थिए। उनी यो च्याम्पियनसिपको उपाधि जित्ने पहिलो नेपाली खेलाडीको हकदार बने। नेपालले सन १९८८ को दोस्रो संस्करण देखि सहभागीता जनाउँदै आएपनि उपाधि जितेको यो पहिलो पटक हो। सदभाव टिम र व्यक्तिगत दुवैतर्फ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी पनि बने। व्यक्तिगत तर्फ यस अघि सुबाश तामाङले रजत तथा दिपक आचार्यले कास्य जितेका थिए। टिम तर्फ भने सुबाश र सदभावले ३६औं संस्करणमा स्वर्ण पदक जितेका थिए।
त्रिभुवन विमानस्थलमा नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्र कुमार कार्की, महासचिव दिपक आचार्य तथा सदस्य दीपक थापा मगर लगायतले दोहोरो स्वर्ण विजेता सदभाव, टिमतर्फ स्वर्ण जितेका राहुल विके तथा नेपाली महिला खेलाडीद्वय तारा कार्की चित्रकार र सम्झना खत्रीलाई स्वागत गरे।
टिम स्पर्धामा नेपालले बङ्गलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकले हराउँदै स्वर्ण जितेको थियो। सदभाव र राहुलको जोडीले इभन–पार २८८ स्कोरमा स्वर्ण जितेको हो।
प्रतियोगितामा नेपाल सहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, दक्षिण कोरिया, जापान र आस्ट्रेलिया गरी ८ देशका कूल १०० खेलाडीले भाग लिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु