दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘रंगी’ को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष २९ गते, सोमबार ६:१८

काठमाडौं ।चलचित्र ‘रंगी’ को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक भएको छ। डान्सिङ नम्बरको यो गीतमा आनन्द कार्की र सुजता केसीको स्वर छ। गीतका शब्द, संगीत र एरेन्ज दुर्गेश थापाले गरेका हुन् भने विमल चिनलले प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङ गरेका छन्।

गीतले प्रेमको भाव व्यक्त गर्दछ र फिल्मका मुख्य कलाकार सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, विशाल पहारी र उत्तम केसी फिचर्ड छन्। गीतमा सलोन र नम्रताको जोडीलाई आकर्षक देख्न सकिन्छ। कोरियोग्राफी कविराज गहतराजले गरेका छन्।

संगीतकार दुर्गेश थापाले गीत सार्वजनिक गर्दै यसमा लामो समय टिक्ने मेलोडी समेटिएको बताए। उनले गायक आनन्द कार्कीलाई आफ्ना शब्द र संगीतमा समेट्न पाउँदा गर्व लागेको उल्लेख गरे। गायक आनन्द कार्कीले पनि यस गीत गाउन पाउँदा आफू खुसी भएको बताए। गायिका सुजता केसीले सुन्दर गीतमा स्वर दिन पाएकोमा आभार व्यक्त गरिन्।

फिल्मका प्रस्तुतकर्ता तथा नायक सलोन बस्नेतले अष्ट्रेलियामा रहँदा यो गीत भर्चुअल माध्यमबाट सुनेको स्मरण गर्दै दर्शकलाई उत्कृष्ट गीत दिन पाउँदा खुसी लागेको बताए। निर्देशक सुरेश न्यौपानेले ‘रंगी’ सलोन र आफ्ना साना प्रयासको नतिजा भएको उल्लेख गरे।

नायिका नम्रता श्रेष्ठले फिल्ममा डेब्यू गर्न पाउँदा र डान्सिङ नम्बरमा काम गर्न पाउँदा आफू उत्साहित भएको बताइन्। निर्मात्री करिश्मा केसी बस्नेतले फिल्मलाई दर्शकले माया गर्ने विश्वास व्यक्त गरिन्।

सान्भी इन्टरटेनमेन्टको ब्यानरमा बनेको यो फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, र दुर्गेश थापा, आमेश भण्डारी, भीम बिसीको संगीत रहेको छ। ‘रंगी’ फागुन २ गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु