उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

नुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष २९ गते, सोमबार ०६:२९

नुवाकोट । नेपालका रेकर्डेट रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले रक्तदानमा अर्को रेकर्ड राखेका छन्। शनिवार पुस २७ गते नुवाकोटमा पुगेर रक्तदाता कर्माचार्यले १८१औं पटक रक्तदान गरेर रक्तदानमा अर्को रेकर्ड राखेको हो।

विदुर सिटी युथ क्लब र विदुर युवा रेडक्रस सर्कलद्वारा आयोजित रक्तदान कार्यक्रममा कर्माचार्यले १८१औं पटकको रक्तदान गरेका हुन्। कर्माचार्य नेपालको आपत्‌कालीन रक्तसञ्चारको आपतको देवता नामले पनि परिचित छन् । काठमाडौं महानगरपालिका वडा नंबर २८ बागबजारका कर्माचार्यले रक्तदाताले दिएको रगत बिरामीलाई निःशुल्क उपलब्ध गराउनु पर्ने बताउँदै आएका छन् । बिभिन्न जिल्लामा गई रक्तदान गर्दै उत्प्रेरणा जगाउँदै आइरहेका कर्माचार्यले यो पटक नुवाकोटको विदुर आएर रक्तदान गर्न पाउँदा निक्कै खुशी लागेको बताएका छन् ।

रक्तदान गर्नु जीवन दान गर्नुजस्तै हो भन्दै सन्देश फैलाइरहेका रक्तदाता कर्माचार्य ‘ए पोजेटिभ’ रगत समूहका हुन् । रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हेतुले रक्तदानको अभियान चलाइरहेको कमाचार्यको भनाइ छ। नुवाकोटमा पनि केही सातामै नेपाल स्वयंसेवी रक्तदाता समाज नुवाकोट जिल्ला शाखा गठन गरिने कर्माचार्यले बताएका छन्।

आयोजक विदुर सिटी युथ क्लबका अध्यक्ष सुनिल श्रेष्ठका अनुसार, पृथ्वी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव र विदुर कल्याणकारी बहुमुखी सहकारीको २७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना भएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु