उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

स्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ १ गते, मंगलवार ०७:४८

स्याडजा। चापाकोट नगरपालिका राप्रपा नगर समिति संयोजक खेमराज आचार्य को संयोजकत्वमा १५ सदस्यीय कमिटी गठन गरेर नगर स्तरीय कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।

नगर भित्र रहेका सबै राजनितिक दल, धार्मिक र सामाजीक संघ सस्था, स्थानिय बुद्धिजीवी, समाजसेवी र अभियान्ताहरु सबैलाई आमन्त्रित गरेर चापाकोटको सुन्तलिबजारमा आयोजना गरीएको कार्यक्रमको प्रमुख अतिथी राप्रपा केन्द्रीय सदस्य देव कुमारी पराजुली हुनु हुन्थ्यो। पराजुली लामो समय देखि अपांगता समावेशी आन्दोलनमा सक्रिय रहनुको साथै राष्ट्रीय प्रजातांत्रिक अपांग संगठनको संस्थापक अध्यक्ष हुनु हुन्छ र विधार्थी काल देखी राप्रपा को राजनितीमा सक्रिय हुनु हुन्छ। कार्यक्रममा हालै मात्र गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस बाट समानुपातिकमा मनोनीत सांसद सुनिता थापा लाई राप्रपा चापाकोट नगर समीतीले सम्मान गरेको थियो। चापाकोट नगरपालिका वड़ा न ९ निवासी सुनीता बहीरा अपागंता भएका व्याक्ति हुनुहुन्छ। फरक राजनितिक दलका एउटै मुद्दामा लामो समय देखी लडिरहेका दुवै जना स्याडजाली छोरीहरुको आतिथ्यताले कार्यक्रम एकताको प्रतिक महसुस भएको थियो। बिभीन्न राजनितिक दलका व्याक्तिहरुको शुभकामना राष्ट्रीय एकताको प्रतिक पृथ्वीनारायण शाहको दिव्योपदेश र वर्तमान राजनिति तर्फ लक्षित गर्दै चिन्ता व्याक्त गरीएको थियो। विशेष अतिथि माननीय सुनीता थापा एकता दिवसको दिन आफ्नै भुमीमा सम्मानित हुन पाउदा अरु प्रेरणा थपिएको र एकीकृत बिकासको एजेन्डा तिएर जान बल पुगेको बताउनु भयो।

प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य देवकुमारी पराजुलीले स्वाभिमानी नेपाली बनाउन पृथ्वी नारायण शाहले आर्जेको मुलुक, शाह बंशले जोगाएको स्वाभिमान बर्तमान राजनितिक परिवेश र जनशक्ति पलायनले नेपाल नै नरहने पो होकि भन्ने चिन्ता व्याक्त गर्दै अब आफैबाट स्वाभीमान र एकताको सुरुवात गरी युवा जनशक्ति देश भित्रै राख्नको लागी सबै एक हुनु आवस्यक रहेकोले दलिय स्वार्थ र वैमनस्यता त्यागी स्थानिय विकासमा एक हुन अनुरोध गर्नु भयो। कार्यक्रमका अध्यक्ष खेमराज आचार्यले चापाकोटमा पृथ्वी नारायण शाहको मुर्ति राख्न आफुहरुले ठाउ पनि हेरीसकेकोले प्रदेश संसद सुनीता मार्फत सबैले सहयोग गर्न अपील गर्नु भयो। कार्यक्रममा राप्रपा स्याडजा जील्ला उपाध्यक्ष, क्षेत्र नं२ अध्यक्ष, क्षेत्र नं२ अन्तर्गत सबै पालिकाका सभापति, विभिन्न भातृसंगठनका पदाधिकारि लगायतको बाक्लो उपस्थिति थियो।
चापाकोट नगर अध्यक्ष कृष्ण कुँवारको सकृयतामा रहेको कार्यक्रम संचालन चापाकोट नगरसमिती सल्लाहकार जीवन पंगेनीले गर्नु भएको थियो। समावेसी समाज निर्माणमा नेतृत्व स्विकार र अवसरको जरुरी हुन्छ हाम्रो जील्लाका संघर्षशील यि दिदीबहिनीहरुको संघर्ष र सफलताको सम्मानको लागी एकता दिवसकै दिन कार्यक्रम राखीएको पंगेनीले बताउनु भयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु