उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

नेरिक क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ १ गते, मंगलवार ०९:३९

नेरिक एकेडेमी चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नेरिकले ग्रिनफिल्डलाई १७–१० ले पराजित ग¥यो । नेरिकको जितमा सविन खत्रीले १२ अंक योगदान गरे । सोही स्पर्धामा एलेन लामाको १६ अंक सहयोगमा कश्यपले पिपुल्स एकेडेमीलाई ३०–१९ ले हरायो ।
सिनियर ब्वाइजमा बाल दिक्षा सदनले मार्वलसलाई ४८–२३, इनोभेटिभले आयोजक केएमसी ‘बी’ लाई ४२–२२ र भद्र घलेले केएमसी ‘ए’ लाई ४८–२९ ले पाखा लगाए । बाल दिक्षा सदनका कृशल महर्जनले २४, इनोभेटिभका पुजन श्रेष्ठले १० र भद्र घलेका दिवस मगरले २१ स्कोर गरे ।
सिनियर गल्र्समा निस्टले केएमसी ‘बी’ लाई ३६–१६, साविक विजेता एनसीसीएसले रिब्सलाई २०–१९ र काठमाडौं शिक्षालयले केयरलाई १५–४ पन्छाए । निस्टकी संस्कृति पौडेलले ११, एनसीसीएसकी ग्रिभा महर्जनले ७ र काठमाडौं शिक्षालयकी दृब्य चित्रकारले ४ अंक जोडे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु