उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

चलचित्र ‘मायावी’ को गीत ‘टलटल टल्कियो’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २ गते, बुधबार ०७:१४

काठमाडौं । निर्देशक दिवाकर भट्टराईको फिल्म ‘मायावी’ को नयाँ गीत ‘टलटल टल्कियो’ सार्वजनिक भएको छ। यो गीतमा एसडी योगी र रेश्मा पुनको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द राम अविरल विष्टले लेखेका हुन् भने संगीत एसडी योगीकै सिर्जना हो। भिडियोलाई कविराज गहतराजले इन्गेजमेन्टको परिवेशमा कोरियोग्राफी गरेका छन्।

गीतको भिडियोमा मुख्य कलाकारहरू पल शाह, दीपिका प्रसाईँ, करिष्मा श्रेष्ठ, र समिम खान देखिएका छन्। भिडियो र गीतले फिल्मको कथावस्तु त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको सङ्केत गरेको छ। विशेषगरी, ‘हातैमा रै’गो तानेको एकका अर्कैलाई परेछ पिरिमको ठेक्का’ भन्ने शब्दले प्रेम र सम्बन्धका जटिलता झल्काउँछ।

भिडियोमा अभिनेत्री दीपिका प्रसाईँ गर्भवती अवस्थामा देखिएकी छन्, जसले भिडियोलाई थप यथार्थपरक बनाएको छ। गीतले फिल्मको विषयवस्तुमा रुचि जगाउँदै दर्शकलाई फिल्मप्रति उत्सुक बनाएको छ।

‘मायावी’ को कथा र पटकथा स्वयं निर्देशक दिवाकर भट्टराईले लेखेका हुन्। फिल्मका निर्माता धुर्वा न्यौपाने, राज कटुवाल, र चन्द्र पन्त हुन्। यो फिल्म महाशिवरात्रिको अवसरमा फागुन १४ गते प्रदर्शनमा आउने तयारीमा छ।

यस गीतले दर्शकलाई फिल्मप्रति थप आकर्षित बनाउन सक्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु