दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘जुना’को टिजर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २ गते, बुधबार ७:१८

काठमाडौ । बाल विवाहले छोरीको जीवनमा पार्ने गहिरो प्रभावलाई उजागर गर्ने फिल्म ‘जुना’ को टिजर सार्वजनिक भएको छ। माघ २५ गतेबाट प्रदर्शनमा आउने यो फिल्म सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको हो।

दीपक प्रसाद घिमिरेको निर्माण र जीवन सेन्चुरीको निर्देशनमा बनेको यस फिल्ममा अस्मिता ढकाल, कृष्ण प्रसाद धिताल, देशभक्त खनाल, र रश्मि भट्टको मुख्य भूमिका छ। टिजरमा बाल विवाहका कारण बालिकाले भोग्नुपर्ने दुःख र पीडालाई गहिरो रूपमा प्रस्तुत गरिएको छ।

फिल्मले विभिन्न स्थानमा च्यारिटी शोमार्फत दर्शकहरूमाझ गहिरो प्रभाव छोडिसकेको छ। कतिपय दर्शकले फिल्म हेरेपछि भावुक हुँदै आँसु थाम्न नसकेको र केहीलाई त गहिरो मानसिक असरका कारण अस्पताल जानुपर्ने अवस्था आएको निर्माणपक्षले जनाएको छ।

रामेश्वर हुमागाईंको उत्कृष्ट छायांकनमा बनेको यो फिल्मलाई बाल विवाहविरुद्धको अभियानको रुपमा प्रस्तुत गरिएको छ। ‘जुना’ दर्शकको मन छुने कथा र सन्देश लिएर आउँदैछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु