उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

प्रेममा र बिस्वासघातको एक उदहारण ः सांगीतिक प्रस्तुति “सुस्तरी” बजारमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २ गते, बुधबार १०:५४

काठमाडौं । नेपाली सांगीतिक बजारमा नयाँ नयाँ स्वादहरु आउने क्रममा गायक समर तामाङ र चर्चित गायिका अनु चौधरीको स्वरमा रहेको प्रेमगित “सुस्तरी”सार्वजनिक भएको छ ।
गीतमा नायक तथा तामाङ चलचित्र संघ बागमती प्रदेशको उपाध्यक्ष रोसन तामाङ र रजनी दोङको बेजोड अभिनय रहेको छ ।
बिगत लामो समय देखि कलाकारिता गर्दै आइरहेका नायक रोसन तामाङको दुई दर्जन भन्दा बढी म्युजिक भिडियो बजारमा सार्वजनिक भइसकेको छ भने तामाङ भाषामा बनेको तिल्दा , तिङला पुजु , खाइराङबा माया जस्ता चलचित्रमा अभिनय गरीसकेका तामाङ यति बेला म्युजिक भिडियोमा बढी ब्यस्त भएको देखिन्छ ।
नेपाली प्रेम गीत “सुस्तरी” गायक समर तामाङ र चर्चित गायिका अनु चौधरीको आवाजमा रहेको गितको शब्द इन्द्र लामा , संगित र संयोजन कर्साङ लामाले गरेका हुन भने गितको भिडियो तर्फ कथा लेखन रोसन तामाङले गरेका हुन् ।
म्युजिक भिडियो निर्देशनमा मन्दिप राना , क्यामेरामा राहुल राई, इडिट कलरमा दिनेश कोइरालाले मेहेनत गरेका छन् ।
रोशन र रजनीको प्रेम लामो समय सम्म चली रहदा अन्तत रजनीले रोशनलाई धोका दिएको भिडियोमा प्रस्तुत गरेर चित्र र चरित्र बिचको अन्तर प्रष्ट पार्न खोजिएको छ ।
बिस्वास गरेर प्रेमको जन्जिरमा परेको नायक रोशनलाई अन्तिम घडीमा रजनीले धोका दिइ बिस्वासघात गरि अमृत लामा सङ्ग हिडेको र रोशन बिचल्लिमा परेको कथामा देखाइएको छ ।
सुस्तरी प्रेम गितको भिडियो रोसन तामाङ अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु