हेरिरहु लाग्छ मलाई गाजलु ती नयनमा
नाचिरहु लाग्छ मलाई तिमिले गाउने गितहरुमा
मेरा यी नजरमा पनि तिम्रो बास छ
तिमिलाई हेर्दा हेरिरहु लागेको छ
आफ्नो मन सँग पनि धेरै प्रश्न सोधेको छु
देखे जति सबै कुरा तिमी सँग गरेको छु
यो जीवनमा बाचेको छु केवल तिम्रो लागि
मन छोयौ आएर सितल पवन सरि
हेरिरहु लाग्छ मलाई गाजलु ती नयनमा
नाचिरहु लाग्छ मलाई तिमिले गाउने गितहरुमा
मेरा यी नजरमा पनि तिम्रो बास छ
तिमिलाई हेर्दा हेरिरहु लागेको छ
लेखक : गोबिन्द राज ओझा (राजन )