दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लिभिङ वर्डको दुवै टोली सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २ गते, बुधबार १८:००

लिभिङ वर्डको ब्वाइज÷गल्र्स दुवै टोली ११ औं इसान कप फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
ब्वाइजमा लिभिङ वर्डले कान्तिपुर एकेडेमीलाई २–१ गोलले पराजित ग¥यो । सोही स्पर्धामा नेपालय पब्लिक ‘बी’ ले सत्यसाइ एकेडेमीलाई २–० तथा होली एन्जल्सले प्रज्ञा सदनलाई टाइब्रेकरमा ३–२ गोलले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । माउन्ट एभरेष्टले बालवाटिकाबाट वाक ओभर पाउदै सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा होली एन्जल्सको भेट नेपालय ‘बी’ संग हुनेछ भने माउन्ट एभरेष्टले लिभिङ वर्डको सामना गर्ने छ ।
संस्थागत विद्यालय संघ नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको गल्र्समा लिभिङ वर्डले कान्तिपुरलाई १०–१ को भारी गोलअन्तरले सहजै पाखा लगायो । सुनौलो भविष्यले सत्यसाइलाई २–१ तथा अल्माइटी मोडल स्कुलले होली एन्जल्सलाई टाइब्रेकरमा २–१ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे । सेमिफाइनल लिभिङ वर्ड र नेपालय तथा सुनौलो भविष्य र अल्माइटीबीच हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु