उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

क्यान्सरविरुद्धको एचपिभी खोप सबै प्रदेशमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ ३ गते, बिहीबार ०६:४३

काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप सातवटै प्रदेशमा पठाएको छ।

‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभीं)को सहयोगमा सबै खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी दिए। उनले सबै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए।

उनका अनुसार गाभीले पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि उक्त एचपिभी खोप निःशुल्क उपलब्ध गराएको हो।

सरकारले यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय बालिका र किशोरीलाई खोप लगाउँदै छ।

महाशाखाका निर्देशक डा रायमाझीका अनुसार कोशी प्रदेशमा दुई लाख ७५ हजार एक सय ८० मात्रा, मधेशमा तीन लाख ८० हजार चार सय ६० मात्रा, बागमतीको हेटौँडाका लागि एक लाख २५ हजार आठ सय मात्रा, बागमतीको भक्तपुरका लागि दुई लाख १८ हजार दुई सय ८० खोपको मात्रा पठाइसकेको छ।

यस्तै गण्डकी प्रदेशमा एक लाख ३० हजार आठ सय ७० मात्रा, लुम्बिनीमा दुई लाख ९८ हजार नौ सय १०, कर्णालीमा एक लाख २४ हजार चार सय र सुदूरपश्चिममा एक लाख ८७ हजार एक सय २० खोपको मात्रा पठाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु