
-जेसि निर्मला प्रधान
नारी,आकाशको चम्किलो तारा,
जसले अन्धकार चिर्दै उज्यालो ल्याउँछ सारा।
जीवनको सार, सृष्टिको आधार,
जसले धर्तीलाई बनाउँछ सुन्दर संसार।
आँशुमा लुकेका कथाहरूका सागर,
हिम्मत र साहसको अनन्त आधार।
मायाको गहिराइ, बलिदानको परिभाषा,
नारी भनेको जीवनको अनुपम भाषा।
आमाको रूपमा सृष्टिको सुरुवात,
दिदी-बहिनीको माया, स्नेह र साथ।
पत्नीको रूपमा साथी जीवनभरि,
छोरी बनेर आशा छर्दै हर घरी।
समाजको पहिचान, सभ्यताको माया,
नारी बिना अधुरो छ यो संसारको छाया।
उज्यालो भविष्य, परिवर्तनको कुरा,
नारी नै हुन् आकाशका सच्चा तारा।
नझुक्न, नरोकिन, कहिल्यै नहार्न,
तिमीमा छ सामर्थ्य सारा बदल्न।
नारी, तिमी बिना अधुरो छ जग,
तिमी आकाशको तारा, चम्किरहोस् सधैँ भव्य।


