दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रिब्स र निस्ट सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ ४ गते, शुक्रबार ७:०३

रिब्स र निस्ट, भक्तपुर चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुद्धनगरस्थित आयोजक केएमसी स्कुलको कोर्टमा रिब्सले केएमसी ‘ए’ लाई १८–११ ले पराजित ग¥यो । निस्टको जितमा निमिशा धामी र विदिशा पराजुलीले समान ५–५ अंक योगदान गरे । संस्कृति पौडेलको १४ अंक सहयोगमा निस्टले केयर इङलिसलाई ३२–१२ ले सहजै हरायो । काठमाडौं शिक्षालय र डिफेन्डिङ च्याम्पियन एनसीसीएसले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।
सिनियर ब्वाइजमा विल्सन एकेडेमीले सनसाइनलाई ७५–२३, एम्बासडरले भीएस निकेतनलाई ४३–२७ र केएमसी ‘ए’ ले गोदवरी रेसिडेन्सियललाई ४७–१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगे । विल्सनका अनुप मगरले २४, एम्बासडरका विसन खड्काले १८ र केएमसी ‘ए’ स्वीकार श्रेष्ठले २३ स्कोर गरे । एन्जल्स लर्ड पनि मार्वलसबाट वाक ओभर पाउदै क्वाटरफाइनलमा पुग्न सफल भयो ।
जुनियर ब्वाइजमा जनप्रेमीले काठमाडौं शिक्षालयलाई १०–९ तथा काठमाडौं इङलिस स्कुल (केइएस) ले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई २२–६ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान पक्का गरे । जनप्रेमीका सुमित थापाले ५ तथा केइएसका आयुश तिमल्सिनाले १० अंक जोडे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु