उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

हेर्नुस् आज २०८१ साल माघ ६ गते आइतबारको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ ६ गते, आईतवार ०४:५८

आज – ०६ माघ २०८१ आइतवार को राशिफल
ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा लगनशीलताले सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। शत्रुहरू हावी हुनेछन् । प्रतिस्पर्धामा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दिन सामान्य रहनेछ। कार्यक्षेत्रमा बाधा हुनेछ। सरकारी नोकरीमा प्रभाव बढ्नेछ। आफन्तहरूको साथ सहयोग मिल्ला। व्यापार व्यवसायमा नयाँ निर्णय लिनुभन्दा अघि मातापिताको सल्लाह लिनुहोला सफलता मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा सफलता मिल्नेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा नयाँ कार्यमा हात हाल्नु अघि योजना बनाएर कार्य प्रारम्भ गर्नुहोस्। आज परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन्छ। आशा देखाएर आफ्नो काम निकाल्नेहरूलाई चिन्ने प्रयास गर्नुहोला। अनलाइन खरिदमा धोखा हुन सक्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रमाइलो जमघटको बीचमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। स्वास्थ्यमा खानपानको ध्यान राख्नुहोला। रचनात्मक कार्यमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा नयाँ कार्यको अवसर मिल्नेछ र मित्रवर्गहरूको सहयोग पनि प्राप्त होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक दायित्व निर्वहनमा बाधा हुनेछ। आर्थिक पक्ष सामान्य रहनेछ साथै मित्रहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। समाज वा घरपरिवारको साथै नयाँ आशा पलाउनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सन्तानको प्रगतिलाई लिएर मन चिन्तित रहनेछ। नयाँ कार्य प्रारम्भ गर्दा लाभ मिल्नेछ। पशुधन वा कृषि क्षेत्रबाट आय आर्जन गर्न सकिनेछ। कार्यक्षेत्रमा भावनाको आधारमा निर्णय नलिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धैर्य र आत्मविश्वासले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। विद्यार्थीहरुलाई शिक्षाको क्षेत्रमा शिक्षकको सहयोग मिल्नेछ। विशेष सफलताको लागि केही समय प्रतिक्षा गर्नुपर्ने देखिन्छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट लाभ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा सानो प्रयासले पनि राम्रो लाभ आर्जन गर्न सकिनेछ। कार्यक्षेत्रमा आफ्नो कार्य आफैंले पूरा गर्नुहोला अरुमाथि विश्वास नगर्नुहोस्। शुभचिन्तकहरूको साथ र सहयोग मिल्नेछ। व्यापार व्यवसायमा बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लक्ष्यमा ध्यान केन्द्रित गरेर कार्य गर्नुहोस् सफलता मिल्नेछ। कार्यक्षेत्रमा नयाँ सम्पर्कहरू स्थापित हुनेछ। विविध पहिरन वा परिकारमा रमाउने अवसर मिल्नेछ। धार्मिक यात्राको रूपरेखा बन्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) समाजमा पद प्रतिष्ठा बढ्नेछ। व्यापार व्यवसायमा सोचेजस्तो सफलता मिल्ला। दाम्पत्य जीवन सुखद र सुमधुर रहनेछ। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउने अवसर मिल्नेछ। विद्यार्थीहरूलाई नयाँ ज्ञान सिख्ने अवसर मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु