उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

विल्सन, कश्यप र रिब्सलाई केएमसी बास्केटबल उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ ६ गते, आईतवार ०५:०४

काठमाडौं, माघ ५ गते । विल्सन एकेडेमी, कश्यप र रिब्सले चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । विल्सन सिनियर ब्वाइज, कश्यप जुनियर ब्वाइज र रिब्स सिनियर गल्र्स च्याम्पियन बने । तीनै टोली प्रतियोगिताको नयाँ च्याम्पियन हुन् ।
बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा विल्सनले हेम्सलाई ४५–४१ को साँघुरो अन्तरले पराजित ग¥यो । विल्सनको जितमा रेहान डंगोलले १९ अंक योगदान गरे ।
जुनियर ब्वाइज फाइनलमा एलेन लामाको १३ अंक सहयोगमा कश्यपले नेरिक एकेडेमीलाई ३२–२९ झीनो अन्तरले हरायो । कश्यपका एलेन लामाले १३ स्कोर गरे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा रिब्सले डिफेन्डिङ च्याम्पियन एनसीसीएसलाई ३५–२६ ले पाखा लगायो । खेल दुईपटक अत्तिरिक्त समयमा गएको थियो । रिब्सकी सुप्रिया मल्लले १५ स्कोर गरिन् ।
फाइनलका सर्वाधिक स्कोरकर्तात्रय रेहान, एलेन र सुप्रिया आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा गोदावरी रेसिडेन्सियल स्कुल, जुनियर ब्वाइजमा काठमाडौं शिक्षालय र सिनियर गल्र्समा क्यान्भासले अनुशासित टिमको ट्रफी हात पारे ।
विजेतालाई बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, केएमसीका कार्यकारी निर्देशक ध्रुव भट्टराई, एसोसिएट निर्देशक प्रा.डा. मनोजकुमार थापा, शैक्षिक निर्देशक प्रा.डा रमेशप्रसाद भट्टराई, प्रिन्सिपल द्वारिकानाथ अम्गाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुस २७ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १६, जुनियर ब्वाइजमा १२ र सिनियर गल्र्समा ८ टिम सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु