उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

नेपाल अन्तर्राष्ट्रिय पर्यटकको लागि उत्कृष्ट गन्तव्यस्थल : उर्जामन्त्री खड्का

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ ६ गते, आईतवार ०५:१६

भक्तपुर, ५ माघ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अन्तर्राष्ट्रिय पर्यटकको लागि नेपाल उत्कृष्ट गन्तव्यस्थल भएको बताउनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को आज शुभारम्भमा मन्त्री खड्काले उक्त कुरा बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय पर्यटकहरुको लागि नेपाल उत्कृष्ट गन्तव्यस्थलको रुपमा रहेको बताउनुभयो ।

उर्जामन्त्री खड्काले दुई देशबीच आर्थिक, सामाजिक र राजनीति सम्बन्ध विस्तार गर्न नेपाल सरकारको तर्फबाट सक्दो पहल गरिने बताउदै कोभिड महामारीपश्चात नेपालको पर्यटन उल्लेख्य रुपमा अगाडि बढिरहेको समयमा नेपाल चीनबीच पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा आवश्यक सहकार्य गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री खड्काले भन्नुभयो, “पर्यटन क्षेत्रको विकासमा आवश्यक पूर्वाधाहरुर निर्माण तथा स्तरोन्नतिका कामहरु भइरहेकाको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुका साथै त्रिभुवन विमानस्थल र अन्य आन्तरिक विमानस्थलहरुको स्तरोन्नति र विस्तार कार्यहरु भइरहेको छ ।”नेपालको सामाजिक आर्थिक विकासमा पर्यटनको अपार महत्वलाई ध्यानमा राख्दै नेपाल सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । प्रदेश र स्थानीय तहहरुले पनि पर्यटन क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको साझा माध्यमको रुपमा प्राथमिकतामा राख्दै आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सङले चिनियाँ नयाँ वर्ष २०२५ ले दुईदेशबीचको सम्बन्धलाई अझै मजबुद बनाउने बताउनुभयो । नेपाल र चीनबीच आपसी सहयोग आदानप्रदान तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै उहाँले नेपाल—चीनबीच युवा, शिक्षा, संस्कृति, पर्यटनलगायतका क्षेत्रहरुमा आदानप्रदान र सहकार्यलाई सुदृढ गर्ने, मानवीय सम्बन्धलाई थप प्रगाढ बनाउने र पुस्तौं पुस्तादेखि चलिआएको मित्रतालाई निरन्तरता दिने विषयमा सहमति भएको बताउनुभयो ।

दुईदेशबीचको सहमति कार्यान्वयनको सिलसिलामा अन्तर्गत नै भ्रमण वर्ष २०२५ आयोजना गरिएको बताउनुभयो । राजदूत सङले भन्नुभयो, “सन् २०२५ मा नेपाल पर्यटन वर्ष प्रवद्र्धनात्मक गतिविधिहरु आयोजना गर्नका लागि नेपाललाई चीनमा हार्दिक स्वागत गर्दै चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने छौँ । यसबाट नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन र दुई देशबीचको सांस्कृतिक आदानप्रदान एवं सहकार्यलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दछौँ ।”

नेपाल र चीनबीच विगतमा भएका सहमतिको कार्यान्वयन गर्नु, दुई देशबीचको पर्यटन सहकार्यलाई थप उचाइमा पु¥याउन र दुई देशबीचको मानवीय सम्बन्धलाई अझ प्रगाढ बढाउनु नेपाल पर्यटन वर्ष २०२५ आयाजना गरिएको उहाँको भनाइ थियो । नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताउँदै उहाँले यहाँका उच्च हिमालय, पर्वत सृंखला, चितवन राष्ट्रिय निकुन्जको प्राकृतिक सौन्दर्यता र लुम्बिनी, काठमाडौं, जनकपुरजस्ता प्राकृतिक साथै सांस्कृतिक र ऐतिहासिक सम्पदाले प्रत्येक वर्ष विभिन्न देशका पर्यटकहरुलाई नेपाल भ्रमण गर्न आकर्षित गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सन् १९५५ मा नेपाल—चीनबीच दौत्य सम्बन्ध स्थापना भएको बताउँदै चीनले नेपालको पर्यटन प्रवद्र्धन र चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ सफल पार्नु सबैको जिम्मेवारी भएको बताउनुभयो । नेपाल पर्यटकीय दृष्टिले अत्यन्त सम्भावना भएको देश हो भन्दै उहाँले विश्वको उच्च सगरमाथा र अन्य हिमालय पर्वतहरु, प्राकृतिक सुन्दरता, बुद्ध जन्मभूमि लुम्बिनी र विश्व सम्पदामा सूचिकृत थुप्रै स्थलहरु नेपालमा रहेको र राम्रो प्रचारप्रसार नहुँदा नेपालमा आशातित पर्यटकहरु आउन नसकेको उहाँले बताउनुभयो ।

चिनियाँ पर्यटकहरु भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकहरुमध्ये संख्यामा दोस्रोमा पर्ने बताउँदै उहाँले चिनियाँ सरकारका उच्च पदस्थ पदाधिकारीहरुको नेपाल भ्रमणमा भक्तपुरलाई पनि प्राथमिकतामा राखेर अवलोकन भ्रमण गर्ने गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा घोषणा गरेको बताउँदै भ्रमण वर्ष सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पहिलो र दोस्रो चरण गरी भक्तपुर र चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक गीत र नाँचहरु प्रस्तुत गरिएको थियो । साथै दरबार क्षेत्रबाट टौमढीसम्म सांस्कृतिक ¥याली आयोजना गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु