उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ ६ गते, आईतवार ०५:२९

काठमाडौं । आगामी माघ ११ गतेबाट रिलिज हुने चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक भएको छ। १ मिनेट ५६ सेकेण्डको यस ट्रेलरमा प्रमुख कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठको अभिनय मुख्य फोकसमा छ। ट्रेलरको आरम्भ नाजिरले सृष्टिलाई बन्धक बनाएर राखेको दृश्यबाट सुरु भएको छ, जहाँ नृत्यका माध्यमबाट पहिचान र सामाजिक सन्देश दिइएको छ।

नाजिर ट्रेलरमा तराईका नेपाली समुदायलाई अझै पनि भारतीयको रूपमा चित्रित गर्ने बारे गुनासो प्रस्तुत गर्छन्। यसमा मिथिला संस्कृतिको पनि महत्वपूर्ण स्थान राखिएको छ, जसले फिल्मको सांस्कृतिक पक्षलाई उजागर गरेको छ।

नाजिर फिल्ममा रामको भूमिकामा छन् भने सृष्टि सीताको भूमिकामा अभिनय गर्दैछिन्। दीपेन्द्र गौचनको लेखन र निर्देशनमा तयार भएको यस फिल्मको निर्माण ट्राई सिटी पिक्चर्सले गरेको हो।

फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर लगायतका कलाकारहरूको अभिनय छ। विशेष भूमिकामा अमितेष शाह पनि देखिनेछन्।

निर्माण पक्षमा नकिम उद्दिन कार्यकारी निर्माता हुन्, जबकि अन्य सह–निर्मातामा मनोहर दास मुल, अनिन राजभण्डारी र राजीव थापा जस्ता कलाकारहरूको सहभागिता छ।

अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व र संगीतमा दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको योगदान रहेको यस फिल्मको वितरण ओएसआर डिजिटल र अन्य कम्पनीहरूले गर्नेछन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु