उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

नेपालमा पहिलोपटक ह्वीलचियर टेनिस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ ७ गते, सोमबार ०५:१६

नेपालमा पहिलोपल्ट ह्विलचियर टेनिस खेलको प्रतियागिता सम्पन्न भएको छ ।
नेपाल ह्विलचियर टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा प्रथम राम बहादुर तामाङले नगद पन्ध्र हजार, दोसो सागर पाण्डेले नगद दस हजार र तेस्रो खुम पाण्डेले नगद पाँच हजार नगदसहित ट्रफी हात पारे ।
महिलातर्फ प्रथम अनुकला राईले १५ हजार, दोश्रो गंगा छन्त्यालले १० हजार र तेश्रो झरना रानाले ५ हजारसहति ट्रफी पाए ।
विजेतालाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य रामचन्द्र श्रेष्ठलगायतले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा आर्थिक सहयोग गर्ने मध्यपुर थिमि नगरपालिका का प्रबक्ता कृष्णहरि आचार्यले आगामी दिनमा पनि यश संस्थालाई सहयोग गरी पारा राष्ट्रिय खेलाडी उत्पादनमा नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।
नेपाल टेनिस संघका सचिव मालिका राणाले टेनिस कोर्ट, शौचालयलगायतका पूर्वाधा अपांग मैत्री बनाउनका साथै ह्विलचियर टेनिस पनि टेनिस संघको अंग हुने बताउनु भयो ।
त्यसैगरी ह्विलचियर टेनिस संघका अध्यक्ष विकास थापाले अब हुने राष्ट्रिय पारा गेम सुर्खेत मै हुने जानकारी गराए ।
मन्त्री महर्जनले पारा खेलकुदले नेपालको सान बढाएकोले राज्यले अब पारा खेलकुदलाई पनि प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो । मन्त्री महर्जनले पारालिम्पियन पलेशा गोवर्धन, भरतसिंह महता, भिम कुमाल र पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामालाई सम्मान पत्र प्रदान गर्नुभयो ।
नेपाल ह्विलचियर टेनिस संघले प्रतियोगिता गर्नु अगाडि मध्यपुर थिमि नगरपालिकाको सहयोगमा १ महिने प्रशिक्षण सम्पन्न गरेको अध्यक्ष थापाले जानकारी दिनु भयो । प्रशिक्षणमा राखेपका टेनिस प्रशिक्षक सूर्यभूषण बज्राचार्य, मुख्य प्रशिक्षक रेणुदेवी कोण्डा र प्रशिक्षक चन्द्र शाहिले ४ महिला र ५ पुरुष खेलाडीलाई प्रशिक्षण गराउनु भएको ।
कार्यक्रममा राष्ट्रिय पारालिम्पिकका पधाधिकारीहरु उदय लिम्बू, ओमनाथ शिवाकोटी , विश्सवास बस्नेत, सरोज श्रेष्ठलगायतको उपस्थित थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु