
काठमाडौं । ग्यास्ट्रोनोमी टुरिजम एशोसियसन अफ नेपालको आयोजनामा तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताहको समापन गरिएको छ ।
सोमबार नेपाल टुरिजम बोर्डमा भएको तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताहको समापन समारोहमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।
समापन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्न अहिले राम्रो अवसर रहेको बताए ।
विसं २०७६ मा स्थापना भएको एशोसिएसनले नेपाली परम्परागत खानालाई देश, विदेशमा प्रचार गर्दै आइरहेको अध्यक्ष रमेश भण्डारीले जानकारी दिए ।


