उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

फागुन २ गतेबाट रिलिज हुने ‘रंगी’को दोस्रो गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ ८ गते, मंगलवार ०४:२६

काठमाडौ । फागुन २ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रंगी’ को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फत रिलिज भएको यस गीतमा भीम बिसी र रजज्ञा श्रेष्ठले स्वर दिएका छन्। गीतमा भीम बिसीकै शब्द र संगीत रहेको छ भने उदयराज पौडेलले एरेन्ज र श्यामस्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

गीतको भिडियोमा मुख्य कलाकारहरू सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल, र सुमिन गुरुङ देखिएका छन्। भिडियोमा बाबु र छोरीको माया भावनालाई चित्रण गरिएको छ। शिशिर खातीले कोरियोग्राफी गरेका छन्।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म सुरेश न्यौपाने को निर्देशनमा बनेको छ। सक्षम सुवेदी, करिश्मा केसी बस्नेत, र अनिश गौतम निर्माताका रूपमा छन्। फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारी ले अभिनय गरेका छन्।

फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, रजज्ञा श्रेष्ठ र सुजता केसीको स्वर, र कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी समावेश छ।
‘रंगी’लाई एप्पल इन्टरटेनमेन्ट, एफडी, र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु