उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

सन्दिप थपलिया ‘शिसन’ द्वारा लिखित उपन्यास ‘राधे’ को विमोचन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ ८ गते, मंगलवार १९:०६

काठमाडौं, ७ माघ । सन्दिप थपलिया (शिसन) को उपन्यास राधे विमोचन गरिएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित समारोहमा क्लबका सभापति, प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला, बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक), राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसी, लेखक शिसनकी दिदी संगिता थपलिया, लेखक तथा रङ्गकर्मी घिमिरे युवराज र साहित्यकार केशवप्रसाद पराजुलीले संयुक्त रुपमा विमोचन गरेका थिए ।
लेखक शिसन भने रोजगारीको सिलसिलामा हाल बेलायतमा छन् । राधे शिसनको पहिलो उपन्यास हो । उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन् । विमोचन समारोहमा लेखक शिसनले भिडिओ सन्देशमार्फत आफ्ना कुराहरु राखेका थिए । समाजले कर्णलाई खल पात्रको रुपमा चित्रण गर्ने गरेको भएपनि आफूलाई भने सधैं महानायक लागेको उनले बताए । करिब ४ वर्षको गहन अध्ययनपछि राधे लेखिएको उनले बताए ।
‘मेरो नजरमा भने कर्ण सधैं महानायक हो । समाजले खलपात्रको रुपमा चिनेको कर्णको बारेमा उपन्यास लेख्न मन लाग्यो । करिक ४ वर्षको गहन अध्ययनपछि उपन्याय तयार भएको छ । यो उपन्यासमा तथ्यहरु फेरिएका छन् । काल्पनिकताहरु जोडिएका छन्,’– उनले भने ।
लेखक शिसनकी दिदी संगिता थपलियाले उपन्यासमा रहेका कतिपय प्रसंगले मन छुने बताईन् । ‘महाभारतको खलपात्रको रुपमा चिनिएको राधे (कर्ण) को बारेमा लेखिएको उपन्यास हो । यसमा महिला हिंसा, प्रेम, वियोग, मित्रताको बारेमा लेख्न खोजिएको छ । द्रौपदीको चिर हरणको प्रसंगमा लेखिएका शब्दले अति नै मन छुन्छ,’– उनले भनिन् ।
बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले साहित्य, राजनीति वा देशप्रति नै युवाहरुलाई वितृष्णा पैदा भइरहेको बेलामा राधे उपन्यास आउनु महत्वपूर्ण रहेको बताए । उनले लेखक शिसनको हिम्मत महत्वपूर्ण रहेको बताए । लेखक शिसनले दुई वटा विषयमा डिग्री गरेर पनि बाँच्ने आधार नभएर विदेशिनुपरेको अध्यक्ष थपलियाले बताए ।
रङ्गकर्मी घिमिरे युवराजले शिसनको उपन्यास राधेको बारेमा फरक दृष्टिकोण दिन सफल भएको बताए ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूलाई राधे उपन्यासको लेखन शैलीले आकर्षित गरेको बताए । शिसनलाई आफूले धेरै सम्भावना भएको लेखकको रुपमा पाएको बताए । महाभारतको पात्रलाई आफ्नो पुस्तकको विषय वस्तु बनाउनु चानचुने कुरा नभएको वरिष्ठ अधिवक्ता त्रिपाठीको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु