उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

उपत्यकाव्यापी कराँते प्रतियोगिता फागुनमा हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ ८ गते, मंगलवार १९:०९

काठमाडौं । दोस्रो अन्तराष्ट्रिय साथै पाँचौ मेयर कप राष्ट्रिय पुरुष तथा महिला तौल समुह, नवौं केबिन रोहन स्मृति उपत्यकाव्यापी क्योकुशिन काइकान अलाइड फुलकन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउँदो फागुन ९ र १० गते दक्षिणकाली नगरपालिका वडा नं.१ चाल्नाखेलमा हुन गइरहेको हो ।
विभिन्न तौल समुहमा विभाजन गरी पुरुष र महिला नेपाली तथा विदेशीगरी जम्मा ३०० खेलाडीहरु सहभागी गराउने लक्ष्य रहेको अध्यक्ष विनोद गुरुङले पत्रकार सम्मेलन गरी जानकारी गराउनु भयो । सो कराते संघले खेलकुदको गतिविधिलाई प्रमुख रुपमा अगाडि बढाई यो प्रतियोगित प्रत्येक वर्ष आयोजना गर्दै आएको छ । हालै मित्र राष्ट्र भारतमा भएको २०२४ को अन्तराष्ट्रिय प्रतियोगितमा यस संघका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी सफल नतिजा ल्याएका थिए ।
सो कार्यक्रम दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यमा सो पत्रकार सम्मेलन सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाको प्रथम साधरण सभा तथा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले खेल स्वस्थ रहनको लागि पहिलो व्ययाम हो भने समाज अनुशासित बन्नको लागि र स्वच्छ समाज निर्माणको लागि खेल अत्यन्त महत्वपुर्ण भुमिका रहेको बताउनु भयो । सो खेल सम्पन्न गर्नको लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग हुने पनि बताउनु भयो ।
वडा अध्यक्ष जय थापा मगर, संरक्षक कृष्ण गुरुङलगायतले उक्त कार्यक्रममा आफुहरुको साथ सहयोग रहने जानकारी गराउँदै खेल सभ्य र भव्यरुपमा सम्पन्न गर्नको लागि शुभकामना व्यस्त गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु