तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मायाबी’ फिल्मको नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ ९ गते, बुधबार ५:१६

काठमाडौं । अगामी फाल्गुन १४ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मायाबी’ को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक गरिएको छ। यस गीतमा दिक्षित पौडेल र समिरा थपलियोले स्वर दिएका छन्। शम्भुजित बास्कोटाले संगीत र दयाराम पाण्डे र दिवाकर भट्टराइले शब्द लेखेका छन्। गीतको कोरियोग्राफी दिवाकर भट्टराइले गरेका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह, दीपिका प्रसाँई, समिम खान, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ। गीतको अडियो कर्णप्रिय छ र यसले बिहे र बिदाइको भावुक पललाई सजीव बनाएको छ।

फिल्मको निर्देशन र लेखन दिवाकर भट्टराइले गरेका हुन्, र राजु विक्रम थापाको डीओपी र मिलन श्रेष्ठको सम्पादन पनि फिल्मको प्रमुख विशेषता हो। यस चलचित्रमा लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरूले अभिनय गरेका छन्।

चलचित्रको लगानी ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तले गरेका छन् भने मञ्जु भण्डारी, राजु पराजुली र सुमिन ओली सह–निर्माताका रूपमा कार्यरत छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु