काठमाडौं । अगामाी चैत्र ८ देखी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘द्रौपदी’को टिजर सार्वजनिक गरिएको छ । फिल्ममा ऋषिराज आचार्यको पटकथा, निर्देशन र संवाद रहेको छ । कर्णालीको प्राकृतिक सौंदर्य र स्थानीय समस्याहरूलाई चित्रित गर्ने यस टिजरले थलो शे फोक्सुण्डो तालका दृश्यहरूसँगै कर्णालीका महिलाहरूको संघर्ष र संवेदनशीलता प्रस्तुत गरेको छ।
चलचित्रमा आश्विनी शाह शीर्ष भूमिकामा देखिने छन्, र गायक रवि ओड, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक आचार्य सहित अन्य कलाकारहरूको अभिनय पनि रहेको छ।
आरबी मूभिजको ब्यानरमा निर्माण गरिएको यस चलचित्रका निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् भने सह(निर्माताका रूपमा ऋतु आचार्य र सुबास ठडराईको नाम जोडिएको छ।