उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

ममीको ट्रेलर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ ९ गते, बुधबार ०५:२८

काठमाडौं । आगामी माघ २५ गतेदेखि दर्शकमाझ आउने हरर फ्यामिली ड्रामा फिल्ममा ममीको ट्रेलर सार्वजनिक गरिएको छ। १ मिनेट ५७ सेकेण्ड लामो ट्रेलरमा प्रिंयका कार्की र सुलक्षण भारतीका संवाद, भूतिया आकृतिहरूसँगको भेट, र अलौकिक घटनाहरूलाई डरलाग्दो तरिकामा प्रस्तुत गरिएको छ। विशेष गरी कालो विरालोको रहस्यमय भूमिका सिनेमामा महत्त्वपूर्ण रहेको छ, जसले दर्शकमाझ कौतुहलता सिर्जना गर्ने देखिन्छ।

सिनेमामा प्रिंयका र सुलक्षणसँगै दीया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल र गीत विष्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ। सिनेमाको लेखन समर निरौला र पूर्णिमा जोशीको रहेको छ भने निर्देशन समर निरौलाले गरेका छन्, जो यस सिनेमामा आफ्नो डेब्यू निर्देशन गर्दैछन्।

सिनेमाको निर्माता लोक राज जोशी र पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्माता सुमन कोइराला रहेका छन्। छायांकन निशाल पौडेल र शरद महतोले संयुक्त रुपमा गरेका छन्, र सम्पादन सुरेन महर्जनले गरेका छन्। पाश्र्व ध्वनी रोहित शाक्यले दिएको छ, साउन्ड डिजाईन श्रवल आरपि, रङ संयोजन दिपेश चौधरी र संगीत एसडी योगीको रहेको छ।

ममी फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र मोफसलमा कुवेर सिने डिष्ट्रीब्युसनले वितरण गर्दैछन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु