उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ ९ गते, बुधबार १६:४६

काठमाडौं । अमेरिकामा बसोबास गर्दै नेपाली संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शंकर ज्वलाको शब्द र विकास चौधरीको संगीतमा तयार गरिएको यस गीतको संगीत संयोजन संजय हमालले गरेका छन् ।

गीत देउडा लोक भाकामा तयार गरिएको छ, जसमा गायक सुवेदीले आफ्नो प्रेमिकालाई माया सागरमा सयल गराउन आग्रह गरेका छन् । गीतमा प्रेमका भावनाहरूलाई सुन्दर शब्दमा प्रस्तुत गरिएको छ, जसमा प्रेमिकासँग जीवन बिताउने इच्छा व्यक्त गरिएको छ ।

म्युजिक भिडियोलाई शिव ढकालले छायांकन गरेका छन्, जबकि विनोद बमले सम्पादन गरेका छन् । कमल राईको कोरियोग्राफी र निर्देशनमा तयार गरिएको यो भिडियोमा गायक रवि सुवेदी र नायिका रचना शिवाकोटीको अभिनय र नृत्य प्रमुख आकर्षण बनेको छ ।

यस गीतको म्युजिक भिडियो नेपाली संगीत प्रेमीहरूको बीचमा आकर्षणको केन्द्र बनेको छ र गायक रवि सुवेदीको संगीत यात्रा थप उचाइमा पुग्ने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु