तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सभापति कपमा संकटा सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ ११ गते, शुक्रबार ६:४१

नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा विहीबारदेखि सभापति कप फुटबल प्रतियोगिता सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको सभापति कप फुटबलको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन् । प्रतियोगिता अन्तर्गत विहीबार भएको उद्घाटन खेलमा संकटा क्लबले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ । संकटाले ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । संकटालाई सेमिफाइनल पु¥याउन जित निकाल्ने क्रममा अबेका रिचर्डले २ गोल गर्दा चन्दन दासले एक गोल थपेका थिए ।
खेलको २१औं मिनेटमा अबेकाले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको संकटाले दोस्रो हाफमा दुई गोल गरेको थियो । ७०औं मिनेटमा अबेकाले व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको अग्रता दोब्बर पारे । त्यसको २ मिनेटपछि नै चन्दस दासले गोल गरेपछि संकटाले ३–० को अग्रता बनायो । सोही अग्रता अन्तिमसम्म जोगाउँदै संकटाले सेमिफाइनलमा स्थान पक्का गरेको हो । संकटाले सेमिफाइनलमा मच्छिन्द्र र एपीएफ क्लबबीचको विजेतासँग खेल्ने छ । मच्छिन्द्र र एपीएफबीचको खेल शुक्रबार अपरान्ह साढे ५ बजेदेखि सुरु हुने छ । तालिका सार्वजनिक गर्दा सेमिफाइनल र फाइनल खेलमात्रै फलर्ड लाइटमा सञ्चालन गर्ने भनिए पनि आयोजकले समय तालिका परिमार्जन गर्दै अब शुक्रबारदेखि फाइनलसम्मका सबै खेल फलर्ड लाइटमै सञ्चालन गर्ने जानकारी गराएका छन् । ८ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि बिजेताले नगद २६ लाख पुरस्कार पाउँदा उप विजेता हुनेले १३ लाख पाउने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु