जिन्दगी यो मेरो जिन्दगी धेरै चोटी सोच्दै छु
मेरो प्यारो जिन्दगीको केही कुरा लेख्दै छु
जिन्दगीका पानाहरु राम्रो सँग पढ्न सकिन मैले
धेरै संघर्ष गरे जिन्दगीको बारेमा बुझ्न सकिन मैले
धेरै चोटी साथमा यात्रा गर्दा पनि चिन्न सकिन मैले
तिमी भित्र लुकेको कथा पढ्न सकिन मैले
कहिले पिडामा हुदा पनि ओठमा मुस्कान हुन्छ
कहिले खुसीले रमाउदा पनि मन दुखेको हुन्छ
जिन्दगीलाई राम्ररी पढन सकिन मैले
कहिले साथमा हुदा खुसी कहिले एक्लो हुदा बुझ्न सकिन मैले
कुन बेला कसरी खुसी हुन्छौ थाहा पाउन सकिन मैले
तिम्रो व्यवहारलाई चिन्न सकिन मैले
मेरो जे थियो सबै दिए मैले तिमिलाई
तिम्रो प्यार ,तिम्रो माया बुझ्न गाह्रो भयो मलाई
जिन्दगी यो मेरो जिन्दगी धेरै चोटी सोच्दै छु
मेरो प्यारो जिन्दगीको केही कुरा लेख्दै छु
जिन्दगीका पानाहरु राम्रो सँग पढ्न सकिन मैले
धेरै संघर्ष गरे जिन्दगीको बारेमा बुझ्न सकिन मैले
लेखक : गोबिन्द राज ओझा (राजन )